काठमाडौं। गुगलको प्ले स्टोर लाखौं एपहरूको घर हो। जसले मोबाइल फोनलाई धेरै उपयोगी बनाउँछ।
यद्यपि गुगलले प्ले स्टोरमा कुनै हानिकारक एपहरू छैनन् भनेर निश्चित गर्न सक्दो प्रयास गरिरहेको छ।
कुनै-कुनै एप गुगललाई नै थाहा नदिई स्टोरमा छिरिरहेका छन्। त्यस्ता एपको खोजीमा गुगल मात्र होइन, साइबर सुरक्षा कम्पनी इभिना पनि लागिपरेको छ।
यसले हालसालै प्ले स्टोरभित्र लुकिरहेका २५ एपको सूची पोष्ट गरेको छ। यी त्यस्ता एप थिए, जसले प्रयोगकर्ताहरूको फेसबुक परिचय तथा गोपनीयतासम्बन्धी तथ्यांक चोरी गरिरहेका थिए।
अनधिकृत रूपमा प्रवेश गरेका त्यस्ता एपहरू गुगलको प्ले स्टोरबाट हटाइएको छ। गुगलले हटाए पनि तपाईंको मोबाइलमा त्यस्ता एप हुन सक्छन्। डाटा चोरी हुने खतराबाट बाच्न आफ्नो मोबाइलमा त्यस्ता एप भए ढिलो नगर्नुस्, तत्काल हटाइहाल्नुस्।
डाटा चोरी गर्न क्रयाकरहरूले बनाएका विभिन्न एप हुन्छन्। जसले आम प्रयोगकर्तालाई सहजै झुक्याएर हानि पुर्याइरहेका हुन्छन्।
कसरी थाहा पाउने त?
त्यस्ता हानिकारक केही एपको सूची सार्वजनिक भएका छन्। तासका खेलहरू, दिनभरि हिँडेको पाइला नाप्ने, फ्ल्यासलाइट र वालपेपरजस्ता एपहरू डाटा चोरीका लागि बढी प्रयोग हुने पाइएको छ।
आम प्रयोगकर्ताहरूले यस्ता हानिकारक एपहरू २ लाखभन्दा बढी डाउनलोड गरिसकेको एक तथ्यांकले देखाएको छ। त्यस्ता सबै एपमा परिचय र मोबाइलमा भएका डाटा चोरी गर्ने कोड भएको बताइन्छ।
यस्ता एपमार्फत् क्रयाकरहरू प्रयोगकर्ताले कहिले एप खोल्छन् भनेर पर्खन्छन्। जब प्रयोगकर्ताले एप खोल्छन्, तब यसले नक्कली फेसबुक लगइन पृष्ठको साथ नयाँ ब्राउजर ट्याब खोल्छ।
प्रयोगकर्ताहरूले त्यसपछि उनीहरूको फेसबुक लगईन विवरणहरू राख्छन्। अनि त्यो एपले त्यहाँ राखिएको विवरण कपी गरेर आफ्नो सर्भरमा पठाउँछ।
टेक्निकल ज्ञान भएका प्रयोगकर्ताहरूले यस्तो कुरा थाहा पाउन सक्ने भएकाले क्रयाकरको चालमा फस्दैनन्। तर बच्चा, बुढा-पाका वा पहिलोपटक एन्ड्रोइड फोन प्रयोग गर्ने मानिसलाई यस्ता प्राविधिक ज्ञान नहुन सक्छ। जसले गर्दा उनीहरू सजिलैसँग क्रयाकरको फन्दामा पर्ने सम्भावना रहन्छ।
त्यसैले विज्ञहरू मोबाइलमा कुनै पनि एप राख्नु भन्दा पहिले प्ले स्टोरमा तिनीहरूको बारेमा केही चेतावनीहरू छ कि छैन भन्ने विषयमा राम्ररी बुझ्न सुझाउँछन्। कमेन्टहरूमा त्यो एपसम्बन्धी कस्ता प्रतिक्रिया छन् भन्ने हेरेपछि त्यसको वैधानिकताबारे जानकारी हुने भएकाले त्यसपछि मात्र डाउनलोड गर्नु सुरक्षित हुन्छ।
पर्याप्त प्राविधिक ज्ञान नभएका प्रयोगकर्ताहरूले प्ले स्टोरमा प्रसस्त प्रतिक्रिया भए पनि हानिकारक एपहरू डाउनलोड गरेका थिए। उनीहरूले एप कति मानिसले डाउनलोड गरे भन्ने तथ्यांकका आधारमा आफ्नो मोबाइलमा पनि क्रयाकरलाई स्वागत गरेका थिए।
तर कुनै पनि एप राख्नुअघि त्यो कति डाउनलोड भएको छ भन्दा त्यसबारे कस्ता प्रतिकृया आएका छन्, पढेर मात्र प्ले स्टोरबाट डाउनलोड गर्न जानकारहरूले सुझाव दिएका छन्।
(एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। गुगलको प्ले स्टोर लाखौं एपहरूको घर हो। जसले मोबाइल फोनलाई धेरै उपयोगी बनाउँछ।यद्यपि गुगलले प्ले स्टोरमा कुनै हानिकारक एपहरू छैनन् भनेर निश्चित गर्न सक्दो प्रयास गरिरहेको छ।

">