काठमाडौं। साना व्यापारीहरूमा बैंक र वित्तीय संस्थाको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने चिन्ता देखिएको छ। तीन महीने लकडाउनले व्यापार व्यवसाय चौपट भएपछि साना व्यवसायीहरू कालोसूचीमा पर्ने डरमा परेका हुन्। विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीपछि नियन्त्रण तथा रोकथामका लागि सरकारले तीन महीनासम्म लकडाउन गरेको थियो।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले व्यवसायीको कुरा नसुन्दा समस्या भएको बताए। उनले व्यवसायीले उठाएको मागमा सरकार गम्भीर नबनेकाले व्यवसायीमाथि बैंकहरू हाबी भएको बताएका हुन्। यतिबेला लकडाउन खुकुलो बनेपनि व्यापार नहुँदा साना व्यापारीहरूमा कालोसूचीमा पर्न सक्ने चिन्ता देखिन थालेको हो।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष नयन क्षेत्रीले देखापढीसँग कुरा गर्दै कालोसूचीमा पर्ने अवस्था आउन सक्ने बताए।उनले भने, “व्यवसायीहरूले बैंकसँग ऋण लिएका छन्। ऋण लिएपछि किस्ता र ब्याज तिर्न पर्ने पनि हो। तर, व्यापार नहुँदा किस्ता र ब्याज तिर्ने अवस्था छैन।”
आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्ममा लिएको ऋणको किस्ता र ब्याज नतिरे बैंकले व्यवसायीहरूलाई कालोसूचीमा राख्ने गर्छन। तर, सबै व्यापारीहरूले अहिले किस्ता र ब्याज तिर्न सक्ने अवस्था नरहेको उनले बताएका छन्। यस्तै, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले समस्यामा परेका व्यवसायीहरूलाई बैंक तथा वित्तिय संस्थाले समस्यामा पार्न नहुने बताए।
उनले व्यापार व्यवसाय सञ्चालन नभएको अवस्थामा उद्योगी व्यवसायीहरूले ब्याज र किस्ता तिर्न नसक्ने बताए। तर, व्यवसायीहरूले बैंकको किस्ता तिर्न नसक्दा बैंकले कालोसूचीमा राख्ने भएकाले नतिरि नहुने अवस्थामा व्यवसायीहरू छन्। श्रेष्ठले बैंकहरूले अंग्रेजी मितिलाई क्लोजिङ डेट मानेर व्यवसायीहरूलाई ताकेता गरिरहेको बताए।
खासगरी पछिल्लो समय बैंकहरूले ३० जुन अर्थात् १५ असारलाई क्लोजिङ मिति भएकाले चाँडै किस्ता र ब्याज तिर्न भनिरहेका छन्।बैंकहरूले किस्ता र ब्याज तिर्न बारम्बार फोन, म्यासेज र इमेल गरिरहेको अवस्था छ। तर, उद्योगी व्यवसायीहरूले बैंकको ब्याज र किस्ता तिर्न नसक्ने भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराइरहेका छन्।
उनीहरूले तीन महीनापछि सञ्चालनमा आएको व्यापार व्यवसाय राम्रोसँग नचलेको बताउँदै आएका छन्। यस्तै, तीन महीनाको घरभाडा, कर तथा कर्मचारीलाई यही समयमा पारिश्रमिक दिनु परेको तर, आम्दानी नभएको उनीहरुको भनाइ छ। यही समयमा बैंकको किस्ता र ब्याज तिर्न परेमा अर्को ऋण खोज्नुपर्ने उनीहरूले बताउँदै आएका छन्। ऋण खोजेरै भएपनि किस्ता र ब्याज तिर्न पर्ने अवस्थामा आएमा व्यवसायीहरूले आत्महत्याको बाटो रोज्न सक्ने श्रेष्ठले देखापढीलाई बताए।
" /> काठमाडौं। साना व्यापारीहरूमा बैंक र वित्तीय संस्थाको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने चिन्ता देखिएको छ। तीन महीने लकडाउनले व्यापार व्यवसाय चौपट भएपछि साना व्यवसायीहरू कालोसूचीमा पर्ने डरमा परेका हुन्। विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीपछि नियन्त्रण तथा रोकथामका लागि सरकारले तीन महीनासम्म लकडाउन गरेको थियो।नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले व्यवसायीको कुरा नसुन्दा समस्या भएको बताए। उनले व्यवसायीले उठाएको मागमा सरकार गम्भीर नबनेकाले व्यवसायीमाथि बैंकहरू हाबी भएको बताएका हुन्। यतिबेला लकडाउन खुकुलो बनेपनि व्यापार नहुँदा साना व्यापारीहरूमा कालोसूचीमा पर्न सक्ने चिन्ता देखिन थालेको हो।

">