काठमाडौं। संघीय संसदको विकास तथा प्रविधिसमितिले आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ।
विश्व स्वास्थ्य संगठन तथा सरकार आफैंले तयार पारेको मापदण्डअनुसार विभिन्न पेशा व्यवसाय सञ्चालन भएको अवस्थामा आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सेवा सञ्चालन गर्न दिन समितिले निर्देशन दिएको हो।
बुधबार सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरूको छलफलपछि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन्। मुलुकको अर्थतन्त्रलाई चलायमन बनाउन पनि सेवा सञ्चालन गर्नुपर्ने उनले बताइन्।
‘‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले तयार गरेको मापदण्डअनुसार लकडाउनको अवधिमा पनि केही पेशा व्यवसाय सञ्चालन गरेकाले सोही मापदण्ड पूरा गरी अर्थतन्त्रलाई चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावत थप सहजता प्रदान गर्न सार्वजनिक यातायात सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ,’’ उनले भनिन्।
लकडाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायात बन्द छन्। समितिमा भएको छलफलमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरूले लकडाउनका कारण मजदुरहरूको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्या गर्ने अवस्थासमेत सिर्जना भएको गुनासो गरेका थिए।
अहिलेको अवस्थामा बैंकहरूको ऋण तिर्नसमेत समस्या भएकोतर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन्।
सार्वजनिक यातायात सञ्चालनका लागि मन्त्रालय, सीसीएमसी लगायतका सरोकारवालासँग बिहीबार छलफल गर्ने तयारी समितिले गरेको छ।
" /> काठमाडौं। संघीय संसदको विकास तथा प्रविधिसमितिले आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ।विश्व स्वास्थ्य संगठन तथा सरकार आफैंले तयार पारेको मापदण्डअनुसार विभिन्न पेशा व्यवसाय सञ्चालन भएको अवस्थामा आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सेवा सञ्चालन गर्न दिन समितिले निर्देशन दिएको हो।

">