कैलाली। प्रतिपक्षी दलको विरोधकै बीच रस्साकस्सीका साथ सुदूरपश्चिम प्रदेशसभाले सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट पारित गरेको छ।
प्रतिपक्षी दलहरुको लगातार नाराबाजी गरिरहे पनि बजेट पारित भएको हो।
बुधबार बिहान र दिउँसो गरेर दुई पटक बसेको बैठकको प्रारम्भमै प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए। सदनमा सभामुख निकै आक्रामक देखिएका थिए। प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्ष दलहरुको अवरोधलाई बेवास्ता गर्दै सदनको काम कारबाही अगाडि बढाएका थिए।
प्रतिपक्षी दलहरुको चर्को नाराबाजीका बीच सभामुख थापाले अनुमति दिएपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेट पारित होस् भनी प्रस्ताव सदनमा पेश गरेका हुन्। उनको प्रस्तावमा सत्तापक्षका सांसदहरुले समर्थन गरेपछि बजेट पारित भएको हो।
प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीकाे विरोधका बावजुत सभामुख थापाले निर्णयार्थ पेश गर्दा हुन्न भन्ने आवाज नआएपछि सर्वसहमतले बजेट पास भएको घोषणा गरे। प्रदेशसभाको अब बस्ने बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
" /> कैलाली। प्रतिपक्षी दलको विरोधकै बीच रस्साकस्सीका साथ सुदूरपश्चिम प्रदेशसभाले सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट पारित गरेको छ।प्रतिपक्षी दलहरुको लगातार नाराबाजी गरिरहे पनि बजेट पारित भएको हो।

">