काठमाडाैं। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा पुगेको छ।
आज कूल १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता शेयर एक अर्ब सात करोड ८४ लाख ६२ हजार रुपैयाँमा खरिदबिक्री भयो। कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयरमात्र उकालो लागेको छ। व्यापार १५.३१ र सामूहिक लगानी कोष ०.१ अङ्कले बढ्दा बैंकिङ १०.७९, होटल ४२.४२, विकास बैंक ७.०१, जलविद्युत् ८.६८, वित्त १.७८, निर्जीवन बीमा ३०.१३, अन्य २.८, लघुवित्त १०.१३ र जीवन बीमा ६०.२९ अङ्कले घटेका छन्।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको शेयर २५ करोड ५७ लाख ९९ हजार ६८१ रुपैयाँमा खरिदबिक्री भयो। यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सात करोड १४ लाख नौ हजार ८५३ रुपैयँ, प्रभु बैंक संस्थापक शेयर ६ करोड ३१ लाख ८० हजार, एनएमबी बैंक चार करोड ४४ लाख १८ हजार ९३५, छिमेकी लघुवित्त विकास बैंक तीन करोड ९१ लाख ३६ हजार ५२५ र हिमालयन डिष्टिलरीको तीन करोढ २४ लाख ७४ हजार १८६ मा खरिदबिक्री भयो।
घटेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.८८ प्रतिशतले कमाए। यस्तै आशा लघुवित्त वित्तीय संस्था ७.५४, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी ६.२२, तिनाउ मिसन डेभलपमेन्ट बैंक ५.८८ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ५.०८ प्रतिशतले कमाए।
यस्तै तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी ६.९८, कालिका पावर कम्पनी ५.५६, नेशनल हाइड्रोपावर कम्पनी ५.२६, जलविद्युत् लगानी तथा विकास कम्पनी ५.१९ र पोखरा फाइनान्सका शेयरधनीले ५.१० प्रतिशतले गुमाएका छन्। रासस
" /> काठमाडाैं। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा पुगेको छ।आज कूल १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता शेयर एक अर्ब सात करोड ८४ लाख ६२ हजार रुपैयाँमा खरिदबिक्री भयो। कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयरमात्र उकालो लागेको छ। व्यापार १५.३१ र सामूहिक लगानी कोष ०.१ अङ्कले बढ्दा बैंकिङ १०.७९, होटल ४२.४२, विकास बैंक ७.०१, जलविद्युत् ८.६८, वित्त १.७८, निर्जीवन बीमा ३०.१३, अन्य २.८, लघुवित्त १०.१३ र जीवन बीमा ६०.२९ अङ्कले घटेका छन्।

">