काठमाडौं। अमेरिकी र युरोपियन मुलुकबाट अब ईसेवाको वालेटमा पैसा पठाउन र लोड गर्न मिल्ने भएको छ।
ईसेवा मनी ट्रान्सफर र अमेरिकी रेमिट्यान्स कम्पनी रेमिट्लीबीच भएको सम्झौतापछि अमेरिका र युरोपबाट सिधै ईसेवाको वालेटमा पैसा पठाउन मिल्ने भएको हो।
उक्त सम्झौतापछि ईसेवाको वालेटमा पैसा पठाउन र लोड गर्न मिल्नुका साथै जुनसुकै बैंक खातामा पैसा जम्मा गर्न मिल्ने कम्पनीले जनाएको छ। अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन मुलुकबाट सजिलै नेपालमा पैसा पठाउन सकिने छ।
ईसेवा मनी ट्रान्फरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्फत् नेपालमा रेमिट्यान्स कारोबार गर्दै आएको छ।
ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले ईसेवालाई विप्रेषणको विश्वबजारमा सेवा र प्रविधिको पूर्ण कम्पनीको रूपमा स्थापना गर्ने लक्ष्य लिइएको बताए।
" /> काठमाडौं। अमेरिकी र युरोपियन मुलुकबाट अब ईसेवाको वालेटमा पैसा पठाउन र लोड गर्न मिल्ने भएको छ।ईसेवा मनी ट्रान्सफर र अमेरिकी रेमिट्यान्स कम्पनी रेमिट्लीबीच भएको सम्झौतापछि अमेरिका र युरोपबाट सिधै ईसेवाको वालेटमा पैसा पठाउन मिल्ने भएको हो।

">