काठमाडौं। बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत बजेट पारित भएको छ। नगरपालिकाको छ्रैठौं नगरसभाबाट आगामी बजेट पारित भएको हो।
नगरसभाले बजेटसँगै आर्थिक ऐन र विनियोजन ऐनसमेत पारित गरेको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए। नगरसभाले आगामी वर्षका लागि ८४ वटा महत्त्वपूर्ण निर्णयसमेत गरेको उनले बताए।
प्रवक्ता भट्टराईका अनुसार नगरपालिकाले आगामी आवका लागि एक अर्ब ६७ करोड ७८ लाख रूपैयाँको बजेट विनियोजन गरेका छ। बजेटमा पुँजीगततर्फको सबैभन्दा ठूलो रकम कपन ह्याण्डबल चौरको पूर्वाधार विकासका लागि आठ करोड रूपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाले कपन क्षेत्रको डुवानको दिर्घकालीन समस्या समाधानका लागि अध्ययन तथा अनुसन्धानका लागिसमेत बजेट विनियोजन गरिएको छ। वडागत योजनाका लागि प्रत्येक वडालाई दुई करोड १५ लाख रूपैयाँका दरले करिब २८ करोड विनियोजन गरिएको प्रवक्ता भट्टराईले बताए।
आगामी आगमा नगरपालिकाले विभिन्न वडामा तीनवटा सार्वजनिक शौचालय बनाउन तीन करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। यसैगरी, प्रत्येक वडामा दुईवटा पार्क निर्माणका लागि डीपीआर बनाउने निर्णयसमेत पारित गरिएको उनले बताए।
नगरपालिकाभित्रका ठूला सडकहरूमा २० करोड, सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणमा तीन करोड, खानेपानी संरचना निर्माणमा तीन करोड, कोशेली घर निर्माणमा तीन करोड, जिआइएस हाउस म्यापिङ र घर नम्बरका लागि चार करोड, सडक बत्ती योजनामा चार करोड, नगर अस्पताल भवन निर्माणमा तीन करोड तथा स्वास्थ्य चौकी पुर्वाधार निर्माणमा दुई करोड रूपैयाँ विनियोज गरिएको छ।
त्यसैगरी शिक्षातर्फ करिब पाँच करोड २५ लाख, महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा, आदिवासी जनजाति, विपन्न, अपांगता क्षेत्रको विकास र सशक्तिकरणका लागि करिब दुई करोड ६० लाख, पर्यटन पूर्वाधार विकासका लागि तीन करोड, उद्यमशीलता विकासका लागि तनी करोड विनियोजन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।
" /> काठमाडौं। बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत बजेट पारित भएको छ। नगरपालिकाको छ्रैठौं नगरसभाबाट आगामी बजेट पारित भएको हो।नगरसभाले बजेटसँगै आर्थिक ऐन र विनियोजन ऐनसमेत पारित गरेको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए। नगरसभाले आगामी वर्षका लागि ८४ वटा महत्त्वपूर्ण निर्णयसमेत गरेको उनले बताए।

">