काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्व सर्वसम्मत चुन्न प्रयास विफल भएपछि उद्योगी/व्यवसायीले चुनावी दौडलाई तीव्रता दिएका छन्।
महासंघको भावी नेतृत्व गर्ने लक्ष्यसहित वरिष्ठ उपाध्यक्षमा दाबेदारी दिएका दुई आकांक्षीले चुनावी माहोललाई तीव्र बनाएका हुन्।
एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला नगर समूहका उपाध्यक्ष किशोरकुमार प्रधानले महासंघका भावी नेतृत्व सम्हाल्ने लक्ष्यसहित उम्मेद्वारी दिइसकेका छन्।
वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका उनीहरूले चुनाव आउन एक महिना मात्रै बाँकी रहँदा आफू निकटसँगको छलफल बढाएका छन्।
महासंघमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान भएकाले अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै छन्।
यस्तै, अहिलेकै अवस्थामा आगामी कार्यकालमा पनि वरिष्ठ उपाध्यक्ष स्वतः महासंघको अध्यक्ष बन्ने प्रावधान तत्काल हट्ने छाँट देखिँदैन।
जसकारण, २६ र २७ गते हुने महासंघको चुनाव वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुने भएको हो।
यद्यपि, महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने विधान परिवर्तन गर्ने छलफल सुरु भइसकेको बताइन्छ।
यसअघि, वरिष्ठ उपाध्यक्षका दुवै उम्मेद्वारले महासंघमा मिलेर जाने प्रयासमा आफूहरू रहेको बताएका थिए।
उनीहरूले सकेसम्म सर्वसम्मति चुन्ने तयारीमा आफूहरू रहेको बताएका थिए।
वरिष्ठ उपाध्यक्षः ढकाल भर्सेस प्रधान
महासंघको चुनाव नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकाल र किशाेरकुमार प्रधानले सम्पर्क कार्यले नै खोलेर चुनावी अभियानलाई अगाडि बढाएका छन्।
ढकालले पानीपोखरीमा र प्रधानले पुलचोकमा सम्पर्क कार्यलय स्थापना गरेका छन्। उनीहरूले सम्पर्क कार्यलयमार्फत आफू निकटकासँग छलफल र भेटघाट गरिरहेका छन्।
दुवै पक्ष प्यानलसहित महासंघको भावी नेतृत्व समाल्ने लक्ष्यसहित चुनावमा होमिएका छन्।
वरिष्ठ उपाध्यक्षको दुवै पक्षले आफूसहित अन्य तीनजनालाई आफ्नो टिमबाट उम्मेद्वार बनाइसकेका छन्।
ढकाल र हालका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ एउटै टिममा छन् भने अर्का उम्मेद्वार प्रधानलाई भावी अध्यक्ष शेखर गोल्छाले सघाइरहेका छन्।
दुवै पक्षको आफूले जित्ने दाबी
चुनावी मैदानमा होमिएका दुवै पक्षले आफ्नो टिमले विजय हात पार्ने दाबी गरिरहेका छन्। उनीहरूले देखापढीसँग कुरा गर्दै चुनावी माहौल आफ्नो पक्षमा रहेको बताएका हुन्।
चन्द्र ढकालले साउनको अन्तिम साता हुने चुनावमा आफ्नो टिम विजय हुने बताए। उनले प्यानल नै जित्ने गरी चुनावी मैदानमा होमिएको बताए।
यस्तै, ढकालको टिमबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला नगरमा गुणनीधि तिवारी र एशोसियटमा रामचन्द्र सांघाईले उम्मेद्वारी दिएका छन्।
यस्तै, प्रधानले चुनावी माहोल आफ्नोतर्फ बनिरहेको बताए। उनले चुनाव जितेर नेपालका उद्योगी व्यवसायीहरूको सेवा गर्ने बताएका छन्।
प्रधानको टिमबाट जिल्लानगरमा दिनेश श्रेष्ठ, एशोसियटमा सौरभ ज्योती र वस्तुगततर्फ अन्जन श्रेष्ठले उम्मेद्वारी दिएका छन्।
दुवै उम्मेद्वारले चुनाव जितेर भावी नेतृत्वमा जाने र व्यवसायीको सेवा गर्ने बताएका छन्।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्व सर्वसम्मत चुन्न प्रयास विफल भएपछि उद्योगी/व्यवसायीले चुनावी दौडलाई तीव्रता दिएका छन्।महासंघको भावी नेतृत्व गर्ने लक्ष्यसहित वरिष्ठ उपाध्यक्षमा दाबेदारी दिएका दुई आकांक्षीले चुनावी माहोललाई तीव्र बनाएका हुन्।

">