काठमाडौं। अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले कुनै पनि राहत प्याकेज ल्याउन नसकेको उद्योगी व्यवसायीहरूले बताएका छन्।
आयात निर्यात व्यवसायसँग सम्बन्धित उद्योगी व्यवसायीहरूले कोभिड-१९ का कारण उद्योग व्यवसाय समस्यामा परेको तर सरकारले राहत दिन कुनै स्टिमुलस प्याकेज ल्याउन नसकेको बताएका हुन्।
आज काठमाडौंमा भेला भएका उद्योगी व्यवसायीहरूले सरकारले ठप्प भएको व्यावसायिक क्षेत्रलाई रेस्क्यु गर्ने प्याकेज नल्याउँदा अचम्म लागेको बताएका छन्।
नेपाल जर्मन चेम्बर अफ कमर्शका अध्यक्ष अनुपबहादुर मल्लले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन र अर्थतन्त्रको साइकल कायम राख्न कुनै पनि कार्यक्रम सरकारले ल्याउन नसकेको बताए।
सरकारले निजी क्षेत्रलाई रेस्क्यु गर्ने भन्दा पनि ट्याक्स तिर्न दबाब दिने र बैंकले पनि व्यवसायीको खाताबाट रकम तान्दिने प्रवृतिले समस्या बढेको बताए।
नेपाल अमेरिका चेम्बरका अध्यक्ष किरण शाक्यले ब्याजदरमा २ प्रतिशत छुट दिएर सरकारले राहत दिए भन्नु सबैभन्दा दुःखको कुरा भएको बताए।
युरोपियन इकोनोमिक चेम्बरका महासचिव राजन शर्माले लकडाउनका कारण आयात निर्यातको कुरामा ढुवानी लागत नै उच्च भएको बताए।
व्यवसायी दुर्गा विक्रम थापाले आयात निर्यातको लागत बढेको बताए। कुनैपनि वस्तु आयात गर्दा वा निर्यात गर्दा पाँच गुणा लागत बढेको तर सरकारले आयात निर्यातमा सहज वातावारण बनाउन कुनै चासो नदेखाएको बताए।
उनले पहिला ३ डलरमा हुने ढुवानी लागत बढेर अहिले १४ डलर पुगेको बताए।
" /> काठमाडौं। अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले कुनै पनि राहत प्याकेज ल्याउन नसकेको उद्योगी व्यवसायीहरूले बताएका छन्।आयात निर्यात व्यवसायसँग सम्बन्धित उद्योगी व्यवसायीहरूले कोभिड-१९ का कारण उद्योग व्यवसाय समस्यामा परेको तर सरकारले राहत दिन कुनै स्टिमुलस प्याकेज ल्याउन नसकेको बताएका हुन्।

">