काठमाडौं। साझा यातायातका बसहरू साउन १ गतेबाट सञ्चालन हुने भएका छन्। कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले ११ चैत २०७६ बाट लकडाउन गरेपछि थन्किएका बसहरू सञ्चालनको तयारी गर्न केही समय लाग्ने साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले बताए।
“कतिपय सवारी चालक र सहचालकहरू अहिले काठमाडौं बाहिर छन्। उनीहरूलाई बोलाउने, स्वास्थ्य जाँच गराउने कामको लागि केही समय लाग्छ। त्यसबाहेक बसहरूको स्वास्थ्य पनि बिग्रिएको हुनसक्छ। असार महीनाभरीमा यी सबै तयारी गरेर १ साउनबाट केही बसहरू सञ्चालन गर्ने योजना बनाएका छौं”, तुलाधरले भने।
लामो समय बस ग्यारेजमा राखिएको कारण मर्मत गर्नुपर्ने हुनसक्ने उनले बताए। “बसको स्वास्थ्य पनि ठीक बनाउनुपर्यो। अरू नभए पनि बसको ब्याट्री त पक्कै डाउन भएको छ। स्वास्थ्य सुरक्षाको लागि सेनिटाइजरको व्यवस्था गर्ने लगायतका कामको लागि केही समय लाग्छ”, उनले भने।
Sajha Yatayat buses stand at ready to start limited service in the Valley within the next few days, promoting safe travel with social distancing. The buses and we their handlers have missed our passengers dearly, and can’t wait to get back on the road. pic.twitter.com/ycuegmlus0
— Kanak Mani Dixit (@KanakManiDixit) July 11, 2020
१ साउनबाट केही बस मात्रै चलाउने उनले बताए। तर, कतिवटा बस सञ्चालनमा आउँछ भन्ने अहिले नै यकिन नभएको उनले बताए। “स्कुल/कलेजहरू बन्द छन्। अहिले धेरै मानिस बाहिर निस्किन पनि खोज्दैनन्। त्यसकारण धेरै बसको माग नहोला भन्ने सोचेका छौं”, तुलाधरले भने।
सरकारले सार्वजनिक सवारी साधनको कूल यात्रु क्षमताको ५० प्रतिशत यात्रु मात्रै राखेर सवारी साधन चलाउन अनुमति दिएको छ। तर, सार्वजनिक सवारी सञ्चालकहरूले भने व्यवसायीहरूका माग पूरा नगरेसम्म सार्वजनिक सवारी नचलाउने बताएका छन्। साझा यातायात साझा सहकारी संस्थामार्फत् सञ्चालन भएको छ। साझा सहकारीमा काठमाडौं महानगरपालिको पनि शेयर छ।
" /> काठमाडौं। साझा यातायातका बसहरू साउन १ गतेबाट सञ्चालन हुने भएका छन्। कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले ११ चैत २०७६ बाट लकडाउन गरेपछि थन्किएका बसहरू सञ्चालनको तयारी गर्न केही समय लाग्ने साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले बताए।“कतिपय सवारी चालक र सहचालकहरू अहिले काठमाडौं बाहिर छन्। उनीहरूलाई बोलाउने, स्वास्थ्य जाँच गराउने कामको लागि केही समय लाग्छ। त्यसबाहेक बसहरूको स्वास्थ्य पनि बिग्रिएको हुनसक्छ। असार महीनाभरीमा यी सबै तयारी गरेर १ साउनबाट केही बसहरू सञ्चालन गर्ने योजना बनाएका छौं”, तुलाधरले भने।

">