काठमाडौं। काठमाडौं उपत्यकामा ट्याक्सी चलाउने करीब ११ हजार ट्याक्सी चालकहरूको कोरोना बीमा हुने भएको छ। इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरूको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बीमा गरिदिन लागेको हो। यस्तो बीमा सुविधा पाउनको लागि ट्याक्सी चालकहरूले इजी ट्याक्सी नेपाल एपमार्फत् ट्याक्सी सेवा संचालन गरिएको हुनुपर्ने इजी ट्याक्सी नेपालका अध्यक्ष संजीत पौडेलले बताए।
आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुने प्रतिबद्धता व्यक्त गरे पनि बीमा सुविधा पाउने उनले बताए। इजी ट्याक्सी नेपाल एपको प्रयोग गरेर यात्रुले ट्याक्सी बोलाउन सक्छन् भने ट्याक्सी चालकले पनि सजिलै यात्रु भेट्न सक्छन्।
उक्त एपमा चालक तथा यात्रुलाई सुरक्षित महसुस गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको पौडेलले बताए। जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने जानकारी प्राप्त हुन्छ। ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्याउने हो भन्ने एपबाटै थाहा पाउन सक्छन्। यस्तो सिस्टमले कोरोनाको ट्रेसिङ गर्नुपर्दा पनि सहयोग पुग्ने पौडेलले बताए।
यसका साथसाथै ट्याक्सी व्यवसायीलाई ट्याक्सी बीमा गराउँदा विभिन्न बीमा कम्पनीसँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बीमा गराउने व्यवस्था समेत गरेको छ। जसअन्तर्गत इजी ट्याक्सी नेपालले ट्याक्सी बीमामा न्यूनतम ७०० रूपैयाँदेखि आठ हजार ७६५ रूपैयाँसम्मको छुट उपलब्ध गराउने व्यवस्था मिलाएको पौडेलले बताए।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा ट्याक्सी चलाउने करीब ११ हजार ट्याक्सी चालकहरूको कोरोना बीमा हुने भएको छ। इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरूको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बीमा गरिदिन लागेको हो। यस्तो बीमा सुविधा पाउनको लागि ट्याक्सी चालकहरूले इजी ट्याक्सी नेपाल एपमार्फत् ट्याक्सी सेवा संचालन गरिएको हुनुपर्ने इजी ट्याक्सी नेपालका अध्यक्ष संजीत पौडेलले बताए।आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आबद्ध हुने प्रतिबद्धता व्यक्त गरे पनि बीमा सुविधा पाउने उनले बताए। इजी ट्याक्सी नेपाल एपको प्रयोग गरेर यात्रुले ट्याक्सी बोलाउन सक्छन् भने ट्याक्सी चालकले पनि सजिलै यात्रु भेट्न सक्छन्।

">