काठमाडौं। ३६ औं वार्षिक उत्सवको अवसर पारेर नबिल बैंकले ‘डिजी बैंकिङ’ शुरू गरेको छ।
बैंकिङ प्रणालीलाई थप डिजिटल बनाउनको लागि नबिल बैंक भित्रै अर्को डिजी बैंक शुरू गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए।
बैंकिङ डिजिटल प्रणालीमा गइसकेकालाई त्यसलाई आत्मसाथ गरेर सेवा दिनका लागि डिजी बैंक आवश्यक परेको शाहको भनाइ छ।
“डिजिटल बैंकिङ बैंकको भविष्य होइन, वर्तमान हो”, भर्चुअल पत्रकार सम्मेलनमा शाहले भने।
डिजी बैंकिङका लागि नबिल बैंकले अहिलेका लागि ७२ जना कर्मचारी छुट्टयाएको उनले जानकारी दिए।
“नबिल बैंक अहिलेको लिडिङ बैंक बन्नको लागि ३६ वर्ष लाग्यो तर, आगामी ६ वर्षमा नै डिजी बैंक नबिल बैंकभन्दा ठूलो हुनेछ”, शाहले भने।
नबिलले डिजी बैंकको प्रमुखको रूपमा विनय रेग्मीलाई तोकेको छ।
डिजिटल बैंकिङ प्रवद्र्धनको लागि नबिल बैंकले चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हुवावेसँग सहकार्य गरेको छ। हुवावेले नबिलमा रणनीतिक साझेदारको रूपमा काम गर्नेछ।
आगामी दिनमा बैंकले ग्राहकलाई बैंकमा आउनै नपर्ने गरी डिजिटल प्रविधिमार्फत सेवा दिने शाहले बताए।
“ग्राहकलाई चाहिने सबै सेवा मोवाइलबाटै उपलब्ध गराउने गरी काम गर्नेछौं”, शाहले भने।
" /> काठमाडौं। ३६ औं वार्षिक उत्सवको अवसर पारेर नबिल बैंकले ‘डिजी बैंकिङ’ शुरू गरेको छ।बैंकिङ प्रणालीलाई थप डिजिटल बनाउनको लागि नबिल बैंक भित्रै अर्को डिजी बैंक शुरू गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए।

">