काठमाडौं। २०७१ साउन अगाडि नेपाल–चीन व्यापारको लागि एउटै नाका– थियो तातोपानी। तातोपानी नाका भएर दैनिक हजारौ कन्टेनर आवत–जावत गर्थे। राज्यले वार्षिक करीब पाँच अर्बभन्दा बढी राजश्व संकलन गर्थ्यो।
तातोपानी नाका भएर आउने चिनियाँ पर्यटकका कारण सिन्धुपाल्चोकका तातोपानी, बाह्रविसे, लामोसाँघु र खाडीचौर जस्ता बजार गुल्जार थिए। होटल, रेष्टुरेन्ट र व्यापार फस्टाएको थियो।
२०७१ को साउन १७ गते राति सिन्धुपाल्चोकको जुरेमा आएको भिषण पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति हुनुका साथै तातोपानी नाका हुँदै चीनसँग हुने व्यापार अवरुद्ध भयो। त्यसबेलादेखि अहिलेसम्म तातोपानी नाका भएर चीनसँग हुने व्यापार नियमित हुन सकेको छैन।
जुरेमा गएको पहिरोपछि भूकम्प, भोटेकोशीको बाढी, कोरोना महामारी र २५ असारमा बाह्रविसेको जम्बुमा आएको बाढी र पहिरोको प्रभावमा पर्दै आएको छ तातोपानी नाका।
प्रकृतिको निरन्तर ताण्डव
२०७१ को साउन १७ गते राति जुरेमा गएको पहिरोले सुनकोशी नदी नै थुनिएको थियो। पहिरोमा परेर २०० जनाभन्दा बढीको ज्यान गएको थियो। पहिरोका कारण अरनिको राजमार्ग अवरूद्ध भएपछि सुनकोशी पारिपट्टीबाट वैकल्पिक मार्ग खोलेर सवारी आवागमन नियमित गर्न त्यसबेला करीब ३ महीना लागेको थियो।
२०७२ वैशाख १२ गतेको महाभूकम्पले तातोपानी क्षेत्र थप क्षतविक्षत भयो। कयौंले ज्यान गुमाए। त्यसक्षेत्रको बस्ति नै जोखिममा पर्यो। अग्ला पहाडबाट झरेका ढुङ्गा राजमार्गमा आएर थुप्रियो। सडक पुलहरु प्रयोग गर्नै नसकिने अवस्थामा पुगे। त्यतिमात्रै होइन, नेपाल चीन जोड्ने तातोपानी नाकामा रहेको मितेरी पुल नै प्रयोग गर्न नमिल्ने भयो।
भूकम्पले तातोपानी नाका भत्काएपछि बैकल्पिक नाकाको रूपमा रसुवा जिल्लाको रसुवागढी–केरूङ नाकालाई सञ्चालनमा ल्याइयो। त्यसपछि तातोपानीबाट हुँदै आएको नेपाल–चीन व्यापार रसुवागढी नाकामा सर्यो।
भूकम्पको कारण तातोपानीसँग जोडिएको चिनियाँ भूभागमा पनि ठूलो क्षति पुग्यो। चीन सरकारले लिपिङ र त्यस क्षेत्रको बस्ती नै अन्यत्र सारेर आवागमन नै बन्द गरेपछि तातोपानी नाका पूर्ण रूपमा बन्द भएको थियो।

२०७५ असार १३ मा भोटेकोशीमा आएको बाढीले तातोपानी क्षेत्रमा सडक छेउ र नदी किनारमा बनेका घरहरु बाढीले बगायो। बाह्रविसेदेखि तातोपानीसम्मको विभिन्न ठाउँमा सडक खण्ड भत्कियो भने केही सडक पुलहरू बाढीमा बगेका थिए। बाढीकै कारण बाह्रविसेदेखि तातोपानीतर्फको आवागमन फेरि अवरुद्ध भयो।
भूकम्पले थिलथिलो बनाएको तातोपानी क्षेत्रलाई भोटेकोशीको बाढीले थप क्षतविक्षत बनायो।
नाका खुलाउन चार वर्षको प्रयास
यसरी निरन्तर प्राकृतिक प्रकोपको मारमा परेको तातोपानी नाका पुनः नियमित सञ्चालनमा ल्याउन चार वर्ष लागेको थियो।
नाका सञ्चालनमा ल्याउनको लागि चीन सरकारसँग सरकारले राजनीतिक र कुटनीतिक प्रयास गर्नुपरेको थियो। त्यसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा गएका बेला चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग तातोपानी नाका सञ्चालनको विषयमा छलफल समेत भएको थियो।
व्यापारी र सरकारी निकायको निरन्तर प्रयासपछि १४ जेठ २०७६ बाट तातोपानी नाका हुँदै सामग्री आयात र निर्यात हुन थालेको थियो।
आठ महीनामै फेरि बन्द
चार वर्ष बन्द भएर खुलेको तातोपानी नाका नियमित रूपमा आठ महिना पनि चल्न पाएन। सन् २०१९ को डिसेम्बर अन्तिम साता (पुस २०७६)मा चीनको वुहानमा कोरोना भाइरस भेटिएर महामारीको रूप लिएपछि चीनले सीमा नाकाबाट हुने आवागमन बन्द गरिदियो।
त्यही क्रममा तातोपानी नाका पनि बन्द हुन गयो। माघ २०७६ बाट बन्द भएको तातोपानी नाका गत बैशाखबाट आंशिक रूपमा खुलेको थियो। शुरूका दिनमा चीनबाट स्वास्थ्य सामग्री र औषधी मात्रै ल्याउन पाइने गरी खुलाइएको तातोपानी नाकाबाट विस्तारै अन्य सामग्री पनि आयात तथा निर्यात हुन थालेका थिए।
असार महीनासम्म आइपुग्दा यो नाकाबाट दैनिक एक करोड रूपैयाँ राजश्व संकलन हुने अवस्थामा पुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए।
वैशाखबाट आंशिक खुल्यो तर, बाढीले रोक्यो
२५ असारमा बाह्रविसे नगरपालिकाको बडा नम्बर ५, जम्बुमा आएको बाढीका कारण फेरि तातोपानी भन्सार नाका हुँदै हुने नेपाल चीनको व्यापार प्रभावित भएको छ। उक्त बाढीले जम्बु बजार बगाएको थियो। जम्बु बजारमा बसोबास गर्ने करीब २० जना मानिस अझै वेपत्ता छन् भने दुई जनाको शव फेला परिसकेको छ। बाढीका कारण अरनिको राजमार्गको करीब २० किलोमिटर क्षेत्र प्रयोग गर्न नमिल्ने भएको छ।
०७१ मा पहिरो गएको जुरेमा फेरि बाटो अवरूद्ध हुँदा बाह्रविसे बजारसम्म पुग्ने बजार नै अहिले बन्द छ। सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय दोलखाले जुरेमा बाटो बनाउने काम गरिरहेको छ। “जुरेमा बाटो बन्यो भने बाह्रविसेसम्मको सडकमार्ग अहिलेका लागि नियमित हुन सक्छ।
बाह्रविसेदेखि तातोपानीसम्म खुर्सानीबारी, जम्बु, बसेरी, चाकु लगायतका ठाउँमा सडक तत्काल प्रयोग गर्न नमिल्ने गरी बिग्रिएको छ।
बाह्रविसेदेखि तातोपानीसम्म पुग्ने बाटो धेरै ठाउँमा भत्किएको छ”, हिमालय सीमापार व्यापार संघका सदस्य प्रेमलाल लामाले बताए। बाह्रविसेबाट तातोपानीसम्मको सडक २७ किलोमिटर छ। यसमध्ये करीब २० किलोमिटर सडक प्रयोग गर्न नसकिने भएको छ। कतिपय ठाउँमा सडक नै बगेको र कतिपय ठाउँमा सडक पुल बाढीले बगाएको कारण बाटो अवरुद्ध भएको हो।
बाह्रविसेदेखि तातोपानीसम्म खुर्सानीबारी, जम्बु, बसेरी, चाकु लगायतका ठाउँमा सडक तत्काल प्रयोग गर्न नमिल्ने गरी बिग्रिएको लामाले बताए। विगत ६ वर्षदेखि प्रभावित भएको तातोपानी नाकाबाट हुने व्यापार फेरि केही महीना अवरूद्ध हुने अवस्थामा पुगेको हिमालय सीमापार व्यापार संघका पूर्व सचिव टपेन्द्र तिमल्सिनाले बताए।
रसुवाभन्दा तातोपानी सजिलो
चीनसँगको व्यापारको लागि तातोपानी नाकालाई छोटो र सजिलो नाकाको रूपमा व्यापारीहरूले लिने गरेका छन्।
तातोपानी नाकाको विकल्पमा सञ्चालनमा आएको रसुवागढी–केरुङ नाकाबाट सामान ल्याउँदा लागत बढी पर्ने व्यवसायीहरूले बताएका छन्।
चीनका विभिन्न शहरबाट तातोपानी नाकामा सामान आइपुग्न १० देखि १२ दिनको समय लाग्छ। केरूङ हुँदै आउँदा अर्को एक दिन थप समय लाग्ने तिमल्सिनाले बताए।
त्यसबाहेक, तातोपानीबाट काठमाडौंसम्म सामाग्री पुर्याउनको लागि जम्मा ११४ किलोमिटर मात्रै यात्रा गरे पुग्छ। तर, रसुवागढीबाट काठमाडौं सामान ल्याउन १६४ किलोमिटर यात्रा गर्नुपर्छ।
तातोपानी–काठमाडौंको तुलनामा रसुवागढी–काठमाडौंको बाटो अप्ठ्यारो समेत भएको उनले बताए। “रसुवाको बेत्रावतिबाट उता लागेपछि बाटो अप्ठ्यारो पनि छ। तातोपानीको तुलनामा रसुवागढी नाका टाढा पनि छ। सुरक्षा र सहजताका हिसाबले व्यापारीहरूले सामान ल्याउनको लागि तातोपानी नाका नै रोज्छन् तर, ५-६ वर्षदेखि यो नाका राम्रोसँग चल्न सकेकै छैन”, तिमल्सिनाले भने।
व्यापारीहरूले नजिकिएको ठूला चाडपर्वलाई ध्यान दिएर चीनबाट सामान ल्याउनको लागि अर्डर गर्न थालेका थिए तर निरन्तर प्राकृतिक प्रकोपको वितण्डामा परेको तातोपानी नाका पुनः लामो समयको लागि बन्द हुने अवस्थामा पुगेको छ।
२०७१ मा नै तातोपानी नाकाले वार्षिक ५ अर्बभन्दा बढी राजश्व उठाउने गरेको थियो। अर्थमन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०-७१ मा तातोपानी भन्सार कार्यालयले वस्तु आयातबाट मात्रै करीब ३ अर्ब रूपैयाँ राजश्व उठाएको थियो।
गत वैशाखबाट नाका पुन नियमित भएपछि तातोपानी भन्सार कार्यालय दैनिक एक करोड राजश्व संकलन गर्न सक्ने अवस्थामा पुगेको थियो।
दैनिक १५-१६ वटा कन्टेरका सामान जाँच पास हुने गरेको भन्सार कार्यालय प्रमुख खत्रीले बताए। उता रसुवागढी नाकाबाट भने अहिले दैनिक ४ कन्टेर सामान मात्रै नेपाल भित्रिरहेको छ।
व्यापारीहरूले नजिकिएको ठूला चाडपर्वलाई ध्यान दिएर चीनबाट सामान ल्याउनको लागि अर्डर गर्न थालेका थिए। केरूङ नाका पूर्ण रूपमा सञ्चालनमा नआएको र तातोपानी नाकाबाट सामान भित्रिरहेकाले त्यही बाटो हुँदै सामान ल्याउने योजनामा व्यवसायीहरू थिए। तर, निरन्तर प्राकृतिक प्रकोपको वितण्डामा परेको तातोपानी नाका पुनः लामो समयको लागि बन्द हुने अवस्थामा पुगेको छ।
" /> काठमाडौं। २०७१ साउन अगाडि नेपाल–चीन व्यापारको लागि एउटै नाका– थियो तातोपानी। तातोपानी नाका भएर दैनिक हजारौ कन्टेनर आवत–जावत गर्थे। राज्यले वार्षिक करीब पाँच अर्बभन्दा बढी राजश्व संकलन गर्थ्यो।तातोपानी नाका भएर आउने चिनियाँ पर्यटकका कारण सिन्धुपाल्चोकका तातोपानी, बाह्रविसे, लामोसाँघु र खाडीचौर जस्ता बजार गुल्जार थिए। होटल, रेष्टुरेन्ट र व्यापार फस्टाएको थियो।

">