काठमाडौं। नेपाल भित्रिएका सलहको झुण्ड निष्क्रिय भएको केही दिनभित्रै अर्को झुण्ड नेपाल भित्रिएको छ।
सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीले दाङको गडवा भन्ने ठाउँबाट सलह नेपाल भित्रिएको बताए। उनले आज विहान ९ बजेतिर भारत हुँदै दाङ आएको सलह उडेर अर्घाखाँची र प्यूठानतर्फ लागेको बताए।
उनले भने, “दिउँसो १ बजेतिर दाङबाट सलहको झुण्ड उडेर अर्घाखाँची र प्यूठानतर्फ लागेको जानकारी आएको छ।”
सूचना आएलगत्तै सलह सूचना केन्द्रले अर्घाखाँची र प्यूठानको स्थानीय तहलाई जानकारी दिइसकेको छ। यद्यपी, अहिलेसम्म ती सलह कुन स्थानमा पुगे भनेर कुनै जानकारी आइसकेको छैन।
" /> काठमाडौं। नेपाल भित्रिएका सलहको झुण्ड निष्क्रिय भएको केही दिनभित्रै अर्को झुण्ड नेपाल भित्रिएको छ।सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीले दाङको गडवा भन्ने ठाउँबाट सलह नेपाल भित्रिएको बताए। उनले आज विहान ९ बजेतिर भारत हुँदै दाङ आएको सलह उडेर अर्घाखाँची र प्यूठानतर्फ लागेको बताए।

">