शेयर बजारमा एक अर्ब बढीको कारोबार, ९ अंकले बढ्यो

काठमाडौं। साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक अर्ब ११ करोड रूपैयाँको शेयर कारोबार भएको छ।

९ दशमलव ०२ अंकले बढेको नेप्से एक हजार ३३१ दशलमव ३२ अंकबाट सुरु भएर एक हजार ३४० अंकमा पुगेर रोकिएको छ।

नेप्सेका अनुसार आज बजारमा १७९ वटा कम्पनीको २६ लाख ७८ हजार वटा शेयर किनबेच भएको छ।

सेयर बजारमा आज सूचीकृत सबै १२ वटै समूहको सेयर कारोबार भएको छ। जसमध्ये पाँच समूह ओरालो लागेको छ भने सात समूहमा हरियाली छाएको छ।

आज बैंकिङ, होटल, विकास बैंक, जलविद्युत र मिचुअल फण्डबाहेकका सबै समूह घटेका छन्।

यस्तै आज सेन्सेटिभ समूह ० दशमलव ९३ अंकले बढेको छ।

प्रतिक्रिया दिनुहोस्