काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीको अन्तिम चरणमा पुर्याएको छ।
माैद्रिक नीतिका सन्दर्भमा आज सङ्घीय संसद्को अर्थ समितिले राष्ट्र बैंकका गभर्नरसहितलाई बोलाएर नीतिका विशेषता र प्राथमकितामा बारेमा छलफल गर्यो। कोरोना महामारीले समस्यामा पारेको अर्थतन्त्रलाई उकास्ने ध्येयका साथ नीति आउने धेरैको अपेक्षा छ। उद्योग व्यवसाय कोरोनाको कहरमा परेको छ। नागरिकका आर्थिक स्रोतमासमेत समस्या पैदा भएको छ। विशेषगरी पर्यटन उद्योग र सार्वजनिक यातायात समस्यामा परेको छ।
आगामी आर्थिक वर्षको बजेटले कोरोनाले पारेको समस्याका बारेमा केही सम्बोधन गर्ने प्रयास गरे पनि केही विषय भने मौद्रिक नीतिलाई नै छाडिदिएको छ। यसै सन्दर्भमा अर्थ समितिको आजको बैठकमा आमनागरिकको अपेक्षालाई सम्बोधन गर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए। “नीतिले कोही कसैलाई पनि निराश बनाउँदैन। हामी सबैलाई समेट्ने प्रयासमा लागेका छौं,” उनले भने।
उनले कोभिड-१९ का कारण वित्तीय क्षेत्रमा परेको प्रभावलाई न्यून गर्नेगरी सबैलाई खुशी बनाउने खालको नीतिको तयारीमा आफूहरू रहेको र जनताको सर्वोच्च निकायको रूपमा रहेको संसद्बाट पाउने सुझाव आफूहरूका लागि महत्त्वपूर्ण रहने बताए।
उनले मौद्रिक नीतिले समग्रमा अर्थतन्त्रको गति बढाउने र वित्तीय स्थायित्व दिने खालको वातावरण बनाउने स्पष्ट पारे। सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेका कारण बैंकिङ क्षेत्रमा नयाँ अवसरसमेत सिर्जना भएको र विद्युतीय कारोबारमासमेत वृद्धि भएको जानकारी दिए।
लकडाउनले नयाँ अवसरकोसमेत खोजी गरेकामा प्रसन्नता व्यक्त गर्दै उनले विद्युतीय कारोबार दोब्बर भएको तथ्याङ्कसमेत पेश गरे। कोरोनाको रोकथामका लागि संसारभर नै अवलम्बन गरिएको लकडाउनका कारण विश्व अर्थतन्त्र प्रभावित भएको र त्यसको प्रभाव नेपालमासमेत परेको गभर्नर अधिकारीको भनाइ छ।
वित्तीय स्थायित्वलाई बढावा दिइने
गभर्नर अधिकारीले केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीतिले वित्तीय स्थायित्वलाई बढावा दिने उल्लेख गरे। यस्तै विगत केही वर्षदेखि शुरू भएको ‘बिग मर्जर’लाई पनि आगामी नीतिले प्रमुख प्राथमिकतामा राख्ने उनको भनाइ छ। केन्द्रीय बैंकले मुलुकको समग्र अर्थतन्त्रको परिदृश्यको संक्षिप्त आँकडा प्रस्तुत गर्दै ४२ बुँदे प्राथमिकतासमेत समितिलाई जानकारी गराएको छ।
नीतिमा वित्तीय मध्यस्थता लागत कम गर्न वित्तीय सुदृढीकरणको उपायका रूपमा अवलम्बन गरिँदै आएको बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिने (मर्जर) तथा प्राप्तिलाई थप गति दिइने भएको छ। गभर्नर अधिकारीले प्रस्तुत गरेकाे प्राथमिकतामा सरकारको १५औँ योजना, वित्तीय क्षेत्र विकास रणनीति, आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट, बैंकको तेस्रो रणनीतिक योजनासँग सामञ्जस्यता कायम गरिने उल्लेख छ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक अर्थतन्त्रको विद्यमान अवस्था एवं परिदृश्यलाई आधार मानी नीति तर्जुमा गर्न लागिएको र त्यसमा कोभिड-१९ को सङ्कटले सिर्जना गरेको अनिश्चितताबाट बाहिर निस्कने उपायको खोजी गरिने छ। सङ्कटबाट प्रभावित क्षेत्रलाई प्राथमिकतामा आधारमा सहुलियत प्रदान गर्ने, सो क्षेत्रलाई बचाई राख्ने साथै शीघ्र आर्थिक पुनःउत्थानका लागि वित्तीय साधनको उपलब्धता गराउने दिशामा नीति केन्द्रित हुनेछ।
यस्तै सरकारले आगामी आवका लागि लिइएको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाईसमेत आत्मसात् गरिने भएको छ। आन्तरिक उत्पादन तथा रोजगारी प्रवर्द्धन हुने, उद्यमशीलता विकास हुने क्षेत्रमा वित्तीय स्रोत केन्द्रित गरिने, मूल्य तथा बाह्य क्षेत्र स्थायित्वमा जोखिम नआउने गरी वित्तीय सहजीकरण गर्ने दिशामा समिष्टगत विवेकशील नियमनका उपाय अपनाइने छ।
सबै पालिकालाई पुनर्कर्जा
गभर्नर अधिकारीले नीतिमार्फत ७५३ पालिकाले नै पुनर्कर्जा पाउने गरी तयारी गरिएको जानकारी दिए। सङ्कटमा परेको अर्थतन्त्रलाई उकास्ने लक्ष्यका साथ सबै पालिकालाई उक्त कर्जा उपलब्ध गराउने तयारीमा केन्द्रीय बैंक रहेको उनले बताए। विगतमा उपलब्ध गराइएको पुनर्कर्जामध्ये सात अर्ब रूपैयाँ रकम सीमित व्यक्तिले मात्रै पाएकाले अब हरेक बैंकले पाँच जनालाई दिनैपर्ने व्यवस्था गर्न लागिएको बताए।
समस्यामा परेका क्षेत्रको सम्बोधन हुनुपर्छ
समितिको बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत समस्यामा परेका क्षेत्रलाई सम्बोधन गर्ने गरी ठूलो साहस जरूरी रहेको बताए। उनले आगामी आवको बजेटले नछोएका विषयमात्रै नभई अन्य आर्थिक पुनरूत्थानका विषयसमेत सम्बोधन हुनुपर्ने उल्लेख गरे। विदेशबाट नेपाली युवाले पठाएको विप्रेषण घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी भएकाले आर्थिक गतिविधि नबढेको तथा रोजगारी सिर्जनासमेत हुन नसकेको उनले बताए।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम गर्ने उपायको खोजी नै यतिखेरको प्रमुख आवश्यकता भएको बताए। विद्यमान व्याजदरका कारण औद्योगिक व्यवसायसमेत चल्न नसक्ने अवस्थामा रहेको भन्दै उनले कोरोनाका कारण समस्यामा परेका र सङ्कटमा फसेका क्षेत्रले पैसा पाउन सक्छन् कि सक्दैनन् भन्ने विषय नै आजको प्रमुख चासो रहेको स्पष्ट पारे। रासस
" /> काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीको अन्तिम चरणमा पुर्याएको छ।माैद्रिक नीतिका सन्दर्भमा आज सङ्घीय संसद्को अर्थ समितिले राष्ट्र बैंकका गभर्नरसहितलाई बोलाएर नीतिका विशेषता र प्राथमकितामा बारेमा छलफल गर्यो। कोरोना महामारीले समस्यामा पारेको अर्थतन्त्रलाई उकास्ने ध्येयका साथ नीति आउने धेरैको अपेक्षा छ। उद्योग व्यवसाय कोरोनाको कहरमा परेको छ। नागरिकका आर्थिक स्रोतमासमेत समस्या पैदा भएको छ। विशेषगरी पर्यटन उद्योग र सार्वजनिक यातायात समस्यामा परेको छ।

">