काठमाडौं। झण्डै दुई सय वर्ष पुरानो जोनिवाकर ह्विस्की अब कागजको बोतलमा बजारमा आउने भएको छ।
पर्यावरण सुरक्षालाई दृष्टिगत गर्दै कम्पनीले ह्विस्कीको ट्रायल प्याकेजिङ आगामी वर्षदेखि शुरू गरिने जानकारी दिएको छ। अहिलेसम्म यो ह्विस्की सिसाको बोतलमा उपलब्ध छ।
कम्पनीले सकेसम्म आफ्ना उत्पादनमा प्लास्टिकको प्रयोग कम गर्ने पनि बताएको छ। सिसाको बोतल बनाउन जुन ऊर्जा खर्च हुन्छ, त्यसले कार्बन उत्सर्जन बढाउँछ। पेपरको बोतल बनाउनका लागि कम्पनीले पल्पेक्स नामक नयाँ फर्म खोल्ने छ।
पल्पेक्सले पेप्सिको तथा युनिलिभरजस्ता ब्रान्डका निम्ति पनि कागजको बोतल तयार गर्ने छ। कम्पनीले बोतल बनाउन ‘वुड पल्प’ प्रयोग गर्ने र यसको परीक्षण २०२१ मा गरिने बताएको छ।
यो बोतल रिसाइकल गर्न सहज हुने छ। कतिपय पेय पदार्थ उत्पादक कम्पनीहरु कागजको बोतल निर्माणमा लागेका छन्। बियर कम्पनी काल्सबर्ग पनि यही काममा जुटेको छ।
अनुमान गरिन्छ, यूरोपमा २०१८ मा खाद्य तथा पेय पदार्थको प्याकिङका लागि ८२ लाख टन प्लास्टिक प्रयोग गरिएको थियो।
(बीबीसी)
" /> काठमाडौं। झण्डै दुई सय वर्ष पुरानो जोनिवाकर ह्विस्की अब कागजको बोतलमा बजारमा आउने भएको छ।पर्यावरण सुरक्षालाई दृष्टिगत गर्दै कम्पनीले ह्विस्कीको ट्रायल प्याकेजिङ आगामी वर्षदेखि शुरू गरिने जानकारी दिएको छ। अहिलेसम्म यो ह्विस्की सिसाको बोतलमा उपलब्ध छ।

">