काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको निर्वाचनमा चन्द्र ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् गुणनीधि तिवारीले।
२०६२ सालदेखि महासंघमा आवद्ध भएका उनले अहिलेसम्म पाँचौ कार्यकाल पूरा गरिसकेका छन्। र, अहिले छैटौं कार्यकालका लागि जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वार बनेका छन्।
अहिले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष रहेका उनी आगामी कार्यकाल जसरी पनि महासंघको जिल्ला नगर उपाध्यक्ष पदमा निर्वाचित हुने तरखरमा छन्।
लुम्बिनी अञ्चल प्रतिनिधिको हैसियतले महासंघमा प्रवेश गरेका तिवारीले महासंघको राजनीतिमा १५ वर्ष बिताइसकेका छन्।
व्यवसायीक क्षेत्रमा २५ वर्षको यात्रा पार गरेका छन्। उद्देश्य जिल्ला नगर उपाध्यक्ष बनेर साना तथा मझौला व्यवसायीको प्रतिनित्व गर्ने लक्ष्य लिएको बताउँछन्।
जसले महासंघको ५० प्रतिशत भोटिङ अधिकार राख्छ। तर, भोटिङ अधिकार मात्र बनेको छ।
त्यसलाई सदुपयोग गर्न सकिएको छैन। र, साना मझौला व्यवसायीको आवाज पनि सुनिएको छैन्। त्यसलाई स्थापित गर्ने लक्ष्यसहित नेतृत्व लिने चाहना राखेको बताउँछन्।
व्यवसायीहरूको संगठन एउटै हुनुपर्छ भन्ने मान्यतासहित जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वारी दिएको उनको भनाइ छ।
निजी क्षेत्र एक भएर सरकारसँग व्यवसायीक वातावरणको हक हितको माग राखेमा सबैले सुन्छन्। सरकारले पनि प्राथमिकतामा राख्छ। यद्यपी त्यो सम्भव हुँदैन।
को हुन तिवारी ?
२०५१ सालदेखि व्यवसायीक जीवनमा लागेका तिवारीले शुरूशुरूमा लिक्वार्यसको कारोबार गरेका थिए। त्यसपछि साथिसँगको साझेदारीमा सिद्धबाबा डिस्टिलरीमा लगानी गरेपनि केही समयपछि बाहिरिए।
दुई वर्ष डिस्टिलरीमा व्यवसायीक जीवन विताएपछि नवलपरासीमै खाद्यान्नको पाल्ही स्टोर सञ्चालनमा ल्याए। यस्तै, हाल उनको नवलपरासीमै दुई वटा निजी विद्यालयमा लगानी छ।
रामराम इंग्लिस बोर्डिङ स्कूल र साँकुरा बोर्डिङ स्कूलमा समेत उनको लगानी रहेको तिवारी बताउँछन्। व्यवसायमा लाग्ने वित्तिक्कै व्यवसायीक संगठनमा संगठित भएका तिवारी महासंघमा आएको १५ वर्ष भइसकेको छ।
त्योभन्दा अगाडी नवलपरासी उद्योग संघमा थप १० वर्षे जीवन विताएको उनको भनाइ छ।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको निर्वाचनमा चन्द्र ढकालको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् गुणनीधि तिवारीले।२०६२ सालदेखि महासंघमा आवद्ध भएका उनले अहिलेसम्म पाँचौ कार्यकाल पूरा गरिसकेका छन्। र, अहिले छैटौं कार्यकालका लागि जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वार बनेका छन्।

">