काठमाडौं। रामचन्द्र सांघाई चन्द्रप्रसाद ढकाल प्यानलबाट चुनाव उठेर नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्ष बन्ने दौडमा छन्। उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा निर्वाचित भएर उद्योगी व्यवसायीको आवाज उठाउने चाहनासहित चूनावी मैदानमा होमिएको बताउने उनले उमेद्वारी घोषणा गरिसकेका छन्।
सोहीअनुसार, आफ्नो तयारी पनि गरेका छन्। उनले उद्योगी व्यवसायीमा रहेको तल्ला तहको समस्यालाई जरैदेखि उखेल्ने अजेण्डा बोकेका छन्। निर्वाचनका लागि उनले महासंघभित्रका विकृति तथा विसंगती सुधार पहिलो अजेण्डा बनाएका छन्। उद्योग तथा व्यवसाय क्षेत्रमा रहेका समस्याहरूलाई ग्राउण्ड लेबलबाटै कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा राम्रो जानकार रामचन्द्रले तिनै विषयलाई प्राथमिकतामा राखेका छन्।
आफू निर्वाचित भएको खण्डमा कोभिड–१९ महामारीपछि उत्पन्न समस्याका विषयलाई समाधान गर्दै लैजाने प्रतिबद्धता उनको छ।
को हुन सांघाई ?
त्रिवेणी समूहका निर्देशक सांघाईले देशभर विभिन्न उद्योगधन्दासँगै बैंक, वित्तिय संस्थाका लगानी गरेका छन्। एनआईसी एशिया बैंकका निर्देशक समेत रहेका उनी २४ वर्षअगाडि स्थापना भएको त्रिवेणी सेन्थेटिक र्यान इन्डस्ट्रीलाई आफ्नो मूख्य कर्मथलो बनाइरहेका छन्।सन् १९६० को अक्टोबरमा बुबा गोपालराय संघाई तथा आमा त्रिवेणीदेखि संघाईको कोखबाट जन्मिएका रामचन्द्र यो व्यवसायीमा लागेको ३६ भइसकेको बताउँछन्।
उनले हिमाल ग्यास, एलपीजी ग्यास, सगरमाथा सिमेन्ट, विश्वकर्मा सिमेन्ट, टोकला चिया, डल्फिन ब्राण्डको प्लाष्टिकका कुर्सि अमृत ब्राण्डको खाने तेल, धागो उद्योग, बैंकिङ क्षेत्र सम्हाल्दै आएका छन्। पाँच दाजुभाई नै यही क्षेत्रमा अहोरात्र खटिएर काम गर्दै आएका छन्। उनलाई आफ्नो व्यवसायमा ९२ वर्षीया आमा त्रिवेणीदेवीले पनि सहयोग गर्दै आएकी छिन्।
सांघाईलाई २०७६ सालमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै सरकारले ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको थियो। सीआईपी सम्मान नीजि क्षेत्रलाई सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान हो। बारामा रहेको उनको त्रिवेणी स्पिनिब मिल्स प्रालिले नेपालबाट तेस्रो मुलुकमा सबैभन्दा बढी रकमको धागो निर्यात गर्दै आएको छ।
१५ वर्ष भन्दा उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य रहेर काम गरेको अनुभव उनमा छ। उद्योगी व्यवसायीको पीर मर्का तथा पीडा उनलाई राम्रोसँग जानकारीमा छ।
" /> काठमाडौं। रामचन्द्र सांघाई चन्द्रप्रसाद ढकाल प्यानलबाट चुनाव उठेर नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्ष बन्ने दौडमा छन्। उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा निर्वाचित भएर उद्योगी व्यवसायीको आवाज उठाउने चाहनासहित चूनावी मैदानमा होमिएको बताउने उनले उमेद्वारी घोषणा गरिसकेका छन्।सोहीअनुसार, आफ्नो तयारी पनि गरेका छन्। उनले उद्योगी व्यवसायीमा रहेको तल्ला तहको समस्यालाई जरैदेखि उखेल्ने अजेण्डा बोकेका छन्। निर्वाचनका लागि उनले महासंघभित्रका विकृति तथा विसंगती सुधार पहिलो अजेण्डा बनाएका छन्। उद्योग तथा व्यवसाय क्षेत्रमा रहेका समस्याहरूलाई ग्राउण्ड लेबलबाटै कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा राम्रो जानकार रामचन्द्रले तिनै विषयलाई प्राथमिकतामा राखेका छन्।

">