काठमाडौं। सैलुन व्यवसायमा संलग्न श्रमिकलाई लकडाउन अवधिभर राहत उपलब्ध गराउनुपर्ने मागसहित व्यवसायीहरू आन्दोलित भएका छन्।
लकडाउनका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले लकडाउन अवधिको प्रतिमहीना २५ हजार रूपैयाँका दरले रकम दिनुपर्ने माग व्यवसायीले राखेका छन्।
नेपाल नाई ट्रेड युनियनले आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै मंगलबार माइतीघरमा प्रदर्शन गरेको छ। युनियनले तत्काल सबै श्रमिकहरूलाई राहतको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र पसल तथा कोठाभाडा पूर्णरूपमा मिनाहा गर्नुपर्ने माग अघि सारेको छ।
ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लकडाउन अवधिमा प्रतिमहीना २५ हजार रूपैयाँका दरले दिनुपर्ने, देशभरका श्रमिकलाई निःशुल्क पीपीई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख बराबरको जीवन बिमाको व्यवस्था गर्नुपर्ने बताए।
सरकारले लकडाउनको समय बढाउँदै लगेपछि घर जान नपाएको र व्यवसायसमेत सञ्चालन गर्न नपाउँदा समस्या भएको उनले बताए।
" /> काठमाडौं। सैलुन व्यवसायमा संलग्न श्रमिकलाई लकडाउन अवधिभर राहत उपलब्ध गराउनुपर्ने मागसहित व्यवसायीहरू आन्दोलित भएका छन्।लकडाउनका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले लकडाउन अवधिको प्रतिमहीना २५ हजार रूपैयाँका दरले रकम दिनुपर्ने माग व्यवसायीले राखेका छन्।

">