कपिलवस्तु। कपिलवस्तुको तौलिहवा र अर्घाखाँचीको सन्धिखर्कमा करदाता सेवा कार्यालय स्थापना भएको छ।
आन्तरिक राजस्व कार्यालय कृष्णनगरको मातहातमा कार्यालय सञ्चालनको अन्तिम तयारी भएको छ।
सन्धिखर्कमा स्थापित कार्यालयले अर्घाखाँची र तौलिहवाको कार्यालयले बुद्धभूमि, कपिलवस्तु र बाणगङ्गा नगरपालिका तथा यशोधरा र शुद्धोधन गाउँपालिका क्षेत्रका नागरिकलाई सहज हुने विश्वास गरिएको छ। यी दुई जिल्लाको काम राजस्व कार्यालय कृष्णनगरमा भइरहेको थियो।
सेवाग्राहीको चाप अत्यधिक रहेकामा सेवा विस्तार भएपछि दुवै जिल्लाका करदातालाई सजिलो हुने भएको छ।
राजस्व कार्यालयले सञ्चालन तयारी गरे पनि विभागले कर्मचारी नपठाउँदा समस्या देखिएको आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख पूर्णप्रसाद न्यौपानेले बताए।
“सेवा सञ्चालनका लागि आतुर छौँ तर विभागले कर्मचारीको व्यवस्थापन हुन केही ढिला हुन सक्ने जनाएको छ”, न्यौपानेले भने, “कार्यालय सञ्चालनको तयारी भए पनि कर्मचारी नहुँदा अन्योल छ ,करारका कर्मचारीबाट सेवा प्रवाहमा समेत समस्या छ।”
सेवा कार्यालयमा ६ जनाको दरबन्दी हुने व्यवस्था छ।
कर अधिकृत प्रमुख हुने गरी दुई नायब सुब्बा, एकएक कम्प्युटर अपरेटर र सवारी चालक तथा दुई सहयोगी हुन्छन्।
दुई कार्यालयका लागि १२ कर्मचारी आवश्यक पर्छन्।
राजस्व कार्यालय कृष्णनगरमा भने १३ कर्मचारीबाट सेवा प्रदान गरिएको छ।
कार्यालयमा पाँच अधिकृत, तीन नासु, दुई सवारी चालक र तीन कार्यालय सहयोगी छन्। रासस
" /> कपिलवस्तु। कपिलवस्तुको तौलिहवा र अर्घाखाँचीको सन्धिखर्कमा करदाता सेवा कार्यालय स्थापना भएको छ।आन्तरिक राजस्व कार्यालय कृष्णनगरको मातहातमा कार्यालय सञ्चालनको अन्तिम तयारी भएको छ।

">