मनाङ। विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो। तर यस वर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो तर स्वदेशी तथा विदेशी कोही आएका छैनन्।
आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यस ताल कोभिड १९ को महामारीका कारण सुनसान देखिएको छ। यसका कारण पर्यटन व्यवसायकै भरमा निर्भर रहेका मनाङका होटल व्यवसायी पनि अहिले चिन्तित छन्। कहिले यो अवस्था सामान्य होला र व्यवसाय सुचारू गरौँला भनेर उनीहरू पर्खिरहेका छन्।
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-९ मा अवस्थित यस ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ। यस तालले चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यसको लम्बाई तीन दशमलव नाै किलोमिटर र चौडाई एक दशमलव ६ किलोमिटर रहेको छ।
प्राकृतिक छटाले भरिएको यस ताल तिलिचो पिक र निलगिरि हिमालको ग्लेसियरबाट निर्माण भएको हो। यस तालबाट अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्नकै लागि पनि विदेशी तथा स्वदेशी पर्यटकको घुइचो लाग्ने गर्छ। यहाँ प्रत्येक याममा १२ हजार देखि १५ हजार स्वदेशी पर्यटकले भ्रमण गर्ने गरेको पर्यटन व्यवसायी विनोद गुरूङले बताए। गुरूङका अनुसार यस तालमा धरै चलचित्रहरू पनि सुटिङ भएका छन्। नेपाली फिल्मदेखि म्यूजिक भिडियोसम्म यहाँ सुटिङका लागि कलाकारहरू आउने गरेका छन्।
स्वदेशी पर्यटकसँगै तिलिचो तालमा विदेशी पर्यटकको पनि उत्तिकै भीड हुने गर्छ। मनाङ पुगेका पर्यटक तिलिचो नपुगी कमै मात्र फर्कने गर्छन्। कतिपय पर्यटक तिलिचो तालहुँदै फर्किएर खाङ्सर हुँदै थोराङुला पास गरी मुक्तिनाथ पुग्ने गरेका छन् भने कतिपय तालहुँदै नेसोकुन्डा पास गरी जोमसोम ठिनी पुग्ने गर्छन्। वर्षमा ३० हजार विदेशी पर्यटक भित्रिने गर्छन् र यसमध्ये आधाभन्दा बढी विदेशी पर्यटक तिलिचो पुग्ने गरेको होटल व्यवसायीहरूको भनाइ छ।
तिलिचो घुम्ने उपयुक्त समय
हिमालको काखमा अवस्थित यो तालमा सधैँ जान कठिन हुन्छ। अत्यधिक चिसोको समय र हिमपातका बेलामा त्यहाँ पुग्न निकै कठिन हुने हुँदा जुनसुकै समयमा जान सकिँदैन। यहाँका स्थानीय त सधैँ गए पनि पर्यटकलाई भने जोखिम छ। हिमपात र बेमौसमी फूलको सुगन्धले पर्यटकलाई लेक लाग्ने सम्भावना बढी हुन्छ। त्यसैले यहाँ जानका लागि भदौ, असोज महिना उपयुक्त मानिन्छ। भदौबाट शुरू भई मङ्सिरसम्म पर्यटक आवातजावत गर्ने गर्छन्। यो समयमा आकाश खुलेर निलो देखिन थाल्छ अनि निलो आकाशमुनि सेता हिमालका लहरहरू मुस्कुराउन थाल्छन्। यही मनोरम दृश्यले तान्छ पर्यटकलाई।
‘‘स्वदेशी पर्यटकहरू विशेषगरी दशैँ, तिहारको लामो बिदालाई सदुपयोग गर्दै तिलिचो पुग्छन्,’’ होटल व्यवसायी कर्मडोन्डु गुरूङले बताए। पहिले खासै स्वदेशी पर्यटक नआए पनि पछिल्लो समयमा स्वदेशी पर्यटकको मुख्य गन्तव्यस्थल बन्ने गरेको छ तिलिचो ताल।
कसरी पुगिन्छ तिलिचो ताल ?
लमजुङको सदरमुकाम बेसीशहर हुँदै विश्व चर्चित अन्नपूर्ण पदमार्गमार्फत् तालसम्म पुग्ने यात्रा शुरू हुन्छ। बेसीशहर-चामे सडकमा चल्ने सवारीसाधनको प्रयोग गरेर र पैदल यात्राबाट पनि जान सकिन्छ। अधिकांश विदेशी पर्यटक पैदलयात्राबाट नै तिलिचो पुग्ने गरेका छन् भने स्वदेशी पर्यटकले सवारीसाधनमार्फत् पुग्ने गरेको पाइन्छ।
पैदलयात्रीहरू १० दिन लगाएर पुग्छन् तिलिचो ताल। लमजुङ सदरमुकामबाट शुरू गरी बाहुनडाँडामा बास बस्दै घ्यार्मु, स्याँगे हुँदै दोस्रो दिन च्याम्चे र मनाङको पहिलो गाउँ तालगाउँमा बास बस्न पुग्ने गर्छन्। तेस्रो दिन मनाङ जिल्लाको नासों गाउँपालिका तालबाट शुरू भई धारापानी, दानाक्यु, बगरछाप हुँदै चामे गाउँपालिकाको तिमाङ, थानचोक, कोतो हुँदै मनाङको सदरमुकाम चामे बास बस्ने गर्छन्। यसरी पैदलयात्रीहरूले बाटोभरि देखिने मनोरम दृश्यहरू हेर्दै, तस्वीरहरू खिच्दै रमाएर यात्राको मजा लिँदै गन्तव्यसम्म पुग्ने गरेको पाइन्छ।
मनाङ गाउँबाट खाङसार गाउँ, श्रीखर्क हुँदै चार हजार दुई सय मिटर उचाइमा रहेको तिलिचो बेस क्याम पुगिन्छ। यसैगरी यात्राको १०औं दिनमा सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्न सकिन्छ।
अग्लो पहाडको बीचबाट झरेका नागबेली छहराहरू, मर्स्याङ्दी नदीको कलकल आवाज, सेता हिमालका लहरहरूमा लहाराउँदै घुम्ने याममा बाटोभरि यात्रूहरू हिँडिरहेका हुन्छन्। मनाङ सदरमुकामबाट देखिने लमजुङ हिमाल मनास्लु र अन्नपूर्ण दोस्रो हिमालको दृश्य अवलोकनसँगै चौथो दिनको यात्रा तय गर्छन्। यसपछि यात्रा अरू दिनभन्दा अलि कठिन तर मनोमहक रहेको छ। अन्नपूर्ण हिमशृंखला अवलोकन गर्दै दुई हजार नौ सय मिटरदेखि तीन हजार एक सय मिटरको उचाइमा पुगिन्छ।
अर्को दिन ढुकुरपोखरी हुँदै मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङ बास बस्दै भोलिपल्ट ग्रिन ताल हँदै घ्यारू, ङावल, भ्राकामा बास बस्ने गर्छन्। यहाँबाट तीन हजार पाँच सय ४० मिटर उचाइमा रहेको मनाङ गाउँ र गंगापूर्ण ताल छोङ्कर घुम्न सकिन्छ। त्यस्तै भ्राका गाउँबाट चार हजार ६०० मिटर उचाइमा रहेको आइस लेक, मिलेरेपा केभ जस्ता प्राकृतिक र धार्मिक स्थानहरूको अवलोकन गर्दै दुई दिन मनाङगाउँमा बास बसेर अरू यात्रा शुरू गर्ने गर्छन् विदेशी पर्यटकहरूले।
यसरी यात्रा गर्दा भने लेक लाग्ने समस्या हुँदैन। उचाइसँग घुलमिल हुँदै अर्थात् विस्तारै उकालो लाग्ने हुँदा लेकलाग्ने सम्भावना कम हुने पर्यटन व्यवसायी विनोद गुरूङले बताए। मनाङ गाउँबाट खाङसार गाउँ, श्रीखर्क हुँदै चार हजार दुई सय मिटर उचाइमा रहेको तिलिचो बेस क्याम पुगिन्छ। यसैगरी यात्राको १०औं दिनमा सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्न सकिन्छ।
स्वदेशी पर्यटकले भने बेसीशहरबाट नै सवारीसाधनको प्रयोग गरी एकै दिनमा मनाङ खाङ्सार पुग्ने गर्छन्। खङ्सार गाउँको छेउमै रहेको तारे गुम्बा हुँदै सात घण्टाको हिँडाइपछि तिलिचो बेस क्याममा पुगिन्छ। बेस क्याम्पबाट चार घण्टामा यस तालमा पुग्न सकिन्छ। यसरी दुई दिनमा तिलिचो पुग्दा धेरै स्वदेशी पर्यटक भने लेक लागेर बिरामी पर्ने र बीच बाटोमै फर्किनेसमेत गरेको होटल व्यवसायी भुजुङ गुरूङले बताए।
पर्यटकको सहज यात्रा
पर्यटनको याममा पर्यटकको अत्यधिक चाप बढ्ने हुँदा खाने, बस्ने सुविधाको चाँजोपाजो मिलाइएको छ। चिसो ठाउँ हिमपातको सम्भावना हुने हुँदा न्यानो कोठा, तातोपानीसँगै आगो ताप्ने ठाउँको व्यवस्था प्रत्येक होटल व्यवसायीले गरेका छन्।
बिरामी तथा अशक्तलाई तालसम्म पुर्याउन घोडाको व्यवस्था लगायत प्रत्येक होटलमा अक्सिजन सिलन्डर र प्राथमिक उपचारका सबै औषधि उपकरण राखिने गरिएको व्यवसायी भुजुङ गुरूङले बताए। होटल व्यवसायी र अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको सहयोगमा असजिलो ठाउँमा बाटो निर्माण गरिँदै आएको छ।
हिमपात ल्याण्डसाइड र असजिलो बाटो मर्मत गरिँदै आएको उनले बताए। होटलका कोठाले नपुगेमा टेन्टको व्यवस्था मिलाएर न्यानो ठाउँमा पर्यटकका लागि व्यवस्था गरिएको उनको भनाइ छ। गम्भीर बिरामीलाई हेलीको चार्टर गरेर सम्बन्धित अस्पतालसम्म पुर्याउने व्यवस्था खाङ्सार होटल व्यवसायी तथा खाङ्सार युवाहरूले गर्दै आएका छन्।
तिलिचोको धार्मिक महत्त्व (कागभुसुन्डी मानसरोवर)
नेपालका अधिकांश तालतलैयाहरूले धार्मिक महत्त्व बोकेको पाइन्छ। यस्तै यो तालसँग पनि धार्मिक किंवदन्ती जोडिएको छ। त्रेता युगमा कागभुसुन्डी ऋषिले यसै तालको किनारमा तपश्या गरी बसेका र रामयणको पूरा पाठ गर्दा कागले रामयण कथा सुनेर रूँदारूँदै आँसुबाट दह बनेको भन्ने पनि किंवदन्ती पाइन्छ।
कैलाश पर्वतबाट भगवान् शिव पार्वती यहाँ आई तपश्या गरी यसै तालमा स्नान गरी स्वच्छ भएकाले यहाँको पानीलाई पवित्र जलको रूपमा लिने प्रचलनसमेत रहेको छ। यिनै धार्मिक किंवदन्तीका कारण यहाँ भारत लगायत वैदिक सनातन धर्ममा विश्वास राख्ने धार्मिक गुरूहरू आई तपश्या गर्ने गरेको स्थानीय छिमि धेर्जे गुरूङले बताए। यहाँ प्रत्येक वर्ष साउन महिनामा वैदिक सनातन धर्मावलम्बीहरूको भीड लाग्ने गर्छ।
कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण देशमा पर्यटन विकासको वातावरण सहज बन्न सकेको छैन। कहिले सहज वातावरण बन्ने हो र पुनः पर्यटकको चहलपहल हुन्छ भन्ने पर्खाइमा मनाङवासी छन्।
गत वर्षमात्र १०५ जनाको बोलबम टोली यस तालमा स्नानका लागि पुगेका थिए। त्यस्तै बौद्ध धर्ममा पनि यस तालको उत्तिकै महत्त्व जोडिएको छ। मिलारेपाले नेपालका हिमालय पर्वत घुम्ने क्रममा नीलगिरि र तिलिचो पिकको फेदीमा तपश्या गर्दा बुद्धत्त्व प्राप्त गरेकाले यस ताललाई ज्ञान कुण्डको रूपमा चिन्ने गर्दछन्। हाल यस ठाउँमा भगवान शिव र भगवान बुद्धको मूर्ति सँगै राखिएको छ।
कोभिड-१९ को प्रभाव
दैनिक पाँच सयदेखि एक हजार स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ हुने तिलिचो ताल कोरोना महामारीले गर्दा सुनसान छ। होटल व्यवसाय ठप्प भएको छ। जसले गर्दा पनि व्यवसाय नै धरापमा परेको छ।
मनाङका अधिकांश मानिसहरू होटल व्यवसायमा आत्मनिर्भर रहेकाले यसरी विश्व महामारीका कारण वैकल्पिक पेशा अपनाउन बाध्य भएको होटल व्यववसयीको भनाइ छ।

लेक लाग्नबाट कसरी बच्ने ?
अधिकांश स्वदेशी पर्यटक तिलिचो घुम्न आउने क्रममा बिरामी पर्ने गर्छन्। कोही त बीचबाटै पनि फर्कने गर्छन्। यसको कारण छोटो समयावधिमा र यहाँको हावापानीसँग घुलमिल नहुँदै लामो यात्रा गर्न खोज्नुले हो। लेक लाग्नु (हाई अल्टिच्युड) मा पुग्दा हावापानी नमिल्नु प्रमुख कारण हुन्छ। लेक लाग्न नदिनका लागि विस्तारै र यहाँको स्थानीय हावापानीमा घुलमिल हुँदै उकालो चढ्नुपर्ने हुन्छ।
तिलिचो तालसम्म पुग्न कम्तीमा पनि एक साताको समय छुट्याउन जरूरी हुन्छ। सवारीसाधनको प्रयोगबाट एकचोटी धेरै उचाइ र कम अक्सिजन हुने ठाउँमा पुग्नु हुँदैन। स्वदेशी पर्यटकले यस्ता हावापानीको विषयमा त्यति चासो दिएको पाइँदैन। विस्तारै हावापानीमा घुलमिल हुँदै उचाइमा पुग्दा भने लेक लाग्नबाट जोगिन सकिन्छ। लेक लाग्नबाट जोगिने उपाय भने पर्यटक आफैंले जानेर जानु पर्दछ।
अधिकांश विदेशी पर्यटकले यहाँ आउनुपूर्व नै यसबारे अध्ययन गरेर र बुझेर आउने गरेकाले त्यति धेरै बिरामी पर्दैनन्। उनीहरू धेरै पैदल नै यात्रा गर्ने भएकोले एकै पटक माथि पुग्दैनन्। तर स्वदेशी पर्यटकहरू भने विना अध्ययन सवारीसाधनबाट एकै पटक माथि उचाइमा पुगने भएकोले उनीहरूलाई अक्सिजनको कमी हुने गर्दछ। यसरी एकै पटक अग्लो ठाउँमा पुग्दा बिरामी हुने गरेका छन्। मनाङको हावापानीसँग घुलमिल हुन नसकेर लेकलाग्ने समस्याले च्याप्ने गरेको पर्यटन व्यवसायी विनोद गुरूङले बताए।
यहाँको वातावरणको अध्ययन गरी सवारीसाधनको प्रयोगबाट आउँदा भने त्यस्तो समस्या हुँदैन। रिंगाटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, श्वास फेर्न कठिन हुने जस्ता समस्याहरू देखिएमा अघि बढ्नु उचित हुँदैन। यस्तो अवस्थामा जतिसक्दो चाँडो तल झर्नु उपयुक्त मानिन्छ। शरीरको तापक्रम सन्तुलित राख्नका लागि तातोपानी, लसुन, अदुवाको झोल खानु उपयुक्त हुन्छ।
संसारकै सर्वाधिक अग्लो स्थानमा रहेको यस तालमा जाने रहर जो कसैलाई पनि हुन्छ। त्यसैले यहाँ आउनुअघि यहाँको बारेमा अध्ययन गर्न जरूरी हुन्छ। अध्ययन गरेर यात्रा गरेमा आफू पुग्न खोजेको गन्तव्यबाट मजा लिन पनि पाइन्छ र मानसिक र शारीरिक रूपमा पनि स्वस्थ हुन सकिन्छ। रासस
" /> नवीन लामिछानेमनाङ। विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो। तर यस वर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो तर स्वदेशी तथा विदेशी कोही आएका छैनन्।

">