काठमाडौं। राजस्व अनुसन्धान विभागले करिब पौने चार अर्ब रूपैयाँ राजस्व चुहावटमा संलग्न विभिन्न कम्पनीविरूद्ध मुद्दा चलाएको छ।
विभागले तीन अर्ब ८२ करोड रूपैयाँ विगो कायम गरी ती कम्पनीका सञ्चालकविरूद्ध आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।
राजस्व चुहावटमा संलग्न अभियोगमा मुद्दा परेका कम्पनीमा काठमाडौं सोह्रखुट्टेको हाइटेक इन्टरनेशनल प्रालि, ललितपुर सानेपाका जेएसएस मोबाइल एन्ड सर्भिसेज प्रालि, श्री श्याम इम्पेक्स र श्री श्याम बाबा इन्टरप्राइजेज रहेका छन्।
विभागका अनुसार हाइटेक इन्टरनेशनलका सञ्चालकले दुई अर्ब ४२ करोड ९८ लाख रूपैयाँ राजस्व चुहावट गरेको पाइएको छ। भन्सार विन्दुबाट मालवस्तु पैठारी गर्दा कतिपय मालवस्तु घोषणा नै नगरी लुकाइ छिपाइ ल्याएर राखेको, न्यून विजकीकरण गरी कारोबार गरेको तथा कतिपयको बिलसमेत नभेटिएको विभागले जनाएको छ।
विभागले उक्त कम्पनीका सञ्चालकसहित दुई जनाविरूद्ध दुई अर्ब ४२ करोड ९८ लाख रूपैयाँ विगो र जरिवाना असुली तथा कैद सजायको मागदाबी गरेको छ।
यसैगरी, ललितपुरको सानेपामा सञ्चालित जेएसएस मोबाइल एन्ड सर्भिसेज प्रालि, श्री श्याम इम्पेक्स र श्री श्याम बाबा इन्टरप्राइजेजका सञ्चालकसहित चार जनाविरूद्ध राजस्व चुहावट गरेको अभियोगमा एक अर्ब ३९ करोड सात लाख रूपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको छ। उनीहरूबाट विगो बराबरको रकम र जरिवाना असुली तथा कैद सजाय माग गरिएको छ।
" /> काठमाडौं। राजस्व अनुसन्धान विभागले करिब पौने चार अर्ब रूपैयाँ राजस्व चुहावटमा संलग्न विभिन्न कम्पनीविरूद्ध मुद्दा चलाएको छ।विभागले तीन अर्ब ८२ करोड रूपैयाँ विगो कायम गरी ती कम्पनीका सञ्चालकविरूद्ध आज उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।

">