काठमाडौं। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवकोे सिक्टा सिँचाइ आयोजनाले नहर क्षेत्रको अतिक्रमण हटाउन शुरु गरेको छ । आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत कोहलपुर–नेपालगञ्ज सडकखण्डको पार्वतीपुरदेखि कारकाँदो सोल्टी होटलसम्मको अतिक्रमण हटाउन शुरु गरिएको आयोजनाका निर्देशक लोकबहादुर थापाले जानकारी दिए।
थापाले नहरको उक्त क्षेत्रमा अतिक्रमण गरी मापदण्डविपरीत कल्भर्ट तथा ससाना पुल बनाएकाले त्यस्ता संरचना हटाउन शुरु गरिएको बताए। पार्वतीपुरमा रहेका उद्योगले नहरमा पानीको बहाव अवरोध हुने गरी गैरकानूनीरुपमा ससाना पुल निर्माण गरेका छन्। सो नहरबाट नेपालगञ्ज उपमहानगरपालिकाका मनिकापुर, वसुदेवपुर, पुरैना र पुरैनी तथा जानकी गाउँपालिकामा सिक्टा सिँचाइको पानी पुर्‍याउने योजना छ ।
सिक्टा सिँचाइ आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी निर्माणाधीन पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत राप्ती नदीको पानीले सिँचाइ भइरहेको छ। पश्चिमी मूल नहरको जेठी नालासम्म र पूर्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको आयोजनाका निर्देशक थापाले बताए।
थापाका अनुसार पश्चिमी मूल नहरअन्तर्गत सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो। अहिले पश्चिमी मूल नहरअन्तर्गत डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिँचाइको पुरानो नहरमार्फत एक हजार हेक्टर गरी १६ हजार हेक्टरलाई १२ महिना सहजै सिँचाइ दिन सकिने अवस्था रहेको आयोजना निर्देशक थापाले जानकारी दिए।
सिक्टा सिँचाइ आयोजना सरकारले आफ्नै स्रोतमा २०६३ माघदेखि निर्माण शुरु गरेको नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो। २५ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ।
आयोजनाको कूल बजेट २५ अर्ब रुपैयाँ रहेकामा १४ अर्ब थप बढाएर पाँच वर्षभित्र काम सक्ने गरी ३९ अर्बको संशोधित गुरुयोजना बनाइएको छ । पूर्वी र पश्चिमी मुख्य नहरसँगै शाखा, उपशाखा र प्रशाखा नहरसहित दुई वर्षमा सिँचाइको मुख्यमुख्य सञ्जाल बनिसक्ने आयोजना निर्देशक थापाको भनाइ छ।
रासस
" /> काठमाडौं। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवकोे सिक्टा सिँचाइ आयोजनाले नहर क्षेत्रको अतिक्रमण हटाउन शुरु गरेको छ । आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत कोहलपुर–नेपालगञ्ज सडकखण्डको पार्वतीपुरदेखि कारकाँदो सोल्टी होटलसम्मको अतिक्रमण हटाउन शुरु गरिएको आयोजनाका निर्देशक लोकबहादुर थापाले जानकारी दिए।
थापाले नहरको उक्त क्षेत्रमा अतिक्रमण गरी मापदण्डविपरीत कल्भर्ट तथा ससाना पुल बनाएकाले त्यस्ता संरचना हटाउन शुरु गरिएको बताए। पार्वतीपुरमा रहेका उद्योगले नहरमा पानीको बहाव अवरोध हुने गरी गैरकानूनीरुपमा ससाना पुल निर्माण गरेका छन्। सो नहरबाट नेपालगञ्ज उपमहानगरपालिकाका मनिकापुर, वसुदेवपुर, पुरैना र पुरैनी तथा जानकी गाउँपालिकामा सिक्टा सिँचाइको पानी पुर्‍याउने योजना छ ।
सिक्टा सिँचाइ आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी निर्माणाधीन पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत राप्ती नदीको पानीले सिँचाइ भइरहेको छ। पश्चिमी मूल नहरको जेठी नालासम्म र पूर्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको आयोजनाका निर्देशक थापाले बताए।
थापाका अनुसार पश्चिमी मूल नहरअन्तर्गत सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो। अहिले पश्चिमी मूल नहरअन्तर्गत डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिँचाइको पुरानो नहरमार्फत एक हजार हेक्टर गरी १६ हजार हेक्टरलाई १२ महिना सहजै सिँचाइ दिन सकिने अवस्था रहेको आयोजना निर्देशक थापाले जानकारी दिए।
सिक्टा सिँचाइ आयोजना सरकारले आफ्नै स्रोतमा २०६३ माघदेखि निर्माण शुरु गरेको नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो। २५ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ।
आयोजनाको कूल बजेट २५ अर्ब रुपैयाँ रहेकामा १४ अर्ब थप बढाएर पाँच वर्षभित्र काम सक्ने गरी ३९ अर्बको संशोधित गुरुयोजना बनाइएको छ । पूर्वी र पश्चिमी मुख्य नहरसँगै शाखा, उपशाखा र प्रशाखा नहरसहित दुई वर्षमा सिँचाइको मुख्यमुख्य सञ्जाल बनिसक्ने आयोजना निर्देशक थापाको भनाइ छ।
रासस
"> नहरक्षेत्रको अतिक्रमण हटाउँदै सिक्टा सिँचाइ: Dekhapadhi
नहरक्षेत्रको अतिक्रमण हटाउँदै सिक्टा सिँचाइ
काठमाडौं। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवकोे सिक्टा सिँचाइ आयोजनाले नहर क्षेत्रको अतिक्रमण हटाउन शुरु गरेको छ । आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत कोहलपुर–नेपालगञ्ज सडकखण्डको पार्वतीपुरदेखि कारकाँदो सोल्टी होटलसम्मको अतिक्रमण हटाउन शुरु गरिएको आयोजनाका निर्देशक लोकबहादुर थापाले जानकारी दिए।
सिक्टा सिँचाइ आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी निर्माणाधीन पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत राप्ती नदीको पानीले सिँचाइ भइरहेको छ। पश्चिमी मूल नहरको जेठी नालासम्म र पूर्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको आयोजनाका निर्देशक थापाले बताए।
थापाका अनुसार पश्चिमी मूल नहरअन्तर्गत सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो। अहिले पश्चिमी मूल नहरअन्तर्गत डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिँचाइको पुरानो नहरमार्फत एक हजार हेक्टर गरी १६ हजार हेक्टरलाई १२ महिना सहजै सिँचाइ दिन सकिने अवस्था रहेको आयोजना निर्देशक थापाले जानकारी दिए।
सिक्टा सिँचाइ आयोजना सरकारले आफ्नै स्रोतमा २०६३ माघदेखि निर्माण शुरु गरेको नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो। २५ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ।
आयोजनाको कूल बजेट २५ अर्ब रुपैयाँ रहेकामा १४ अर्ब थप बढाएर पाँच वर्षभित्र काम सक्ने गरी ३९ अर्बको संशोधित गुरुयोजना बनाइएको छ । पूर्वी र पश्चिमी मुख्य नहरसँगै शाखा, उपशाखा र प्रशाखा नहरसहित दुई वर्षमा सिँचाइको मुख्यमुख्य सञ्जाल बनिसक्ने आयोजना निर्देशक थापाको भनाइ छ।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्