काठमाडौं। सरकारले स्मार्ट टेलिकमको नवीकरण दस्तुर तिर्ने समय दुई महिना थप गरेको छ। असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गर्ने निर्णय गरेको हो।
टेलिकमले कोभिड-१९ का कारण गरिएको लकडाउन कारण समस्या भएको भन्दै निवेदन दिएको थियो।
सोही निवेदनलाई आधार मान्दै मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्मलाई समय थप गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
यसअघि कम्पनीले असार मसान्तभित्र नवीकरण दस्तुर तिर्नुपर्ने थियो।
स्मार्टले तिर्नुपर्ने कूल बक्यौता रकम तीन अर्ब ५७ करोड रूपैयाँ रहेको छ। जसको पहिलो किस्ताबापत ५७ करोड बुधबार (हिजो)सम्ममा सरकारलाई बुझाउनुपर्ने थियो।
" /> काठमाडौं। सरकारले स्मार्ट टेलिकमको नवीकरण दस्तुर तिर्ने समय दुई महिना थप गरेको छ। असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गर्ने निर्णय गरेको हो।टेलिकमले कोभिड-१९ का कारण गरिएको लकडाउन कारण समस्या भएको भन्दै निवेदन दिएको थियो।

">