काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बन्धित आयोजना प्रमुखले समयमै सोधभर्ना नगर्ने प्रवृत्तिले असार मसान्तमा खर्चको आकार बढी देखिएको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा आज बजेट कार्यान्वयनका सम्बन्धमा छलफल गर्न उपस्थित भएका अर्थमन्त्री खतिवडाले भुक्तानी दाबी ढिलो गरी आउने र आयोजनाको सोधभर्ना नगर्ने प्रवृत्तिले आर्थिक वर्षको अन्त्यमा खर्च बढी देखिने गरेको बताएका हुन्।
“आर्थिक वर्षको अन्त्यमा मात्रै सोधभर्ना लिँदा असार मसान्तमा खर्च बढी देखिनु स्वाभाविक हो। कतिपय अवस्थामा सोधभर्ना लिनका लागि मन्त्रालयले नै ताकेता गर्नुपरेको अवस्था पनि छ,” खतिवडाले भने।
असार महिनामा सोधभर्ना धेरै आउने भएकाले असारमा नै भुक्तानी र खर्च बढी देखिएको उनले बताए।
“आयोजना प्रमुखहरूले समयमा भुक्तानी दाबी गर्दैनन् र सोधभर्ना लिँदैनन्। सोधभर्ना लिनलाई ताकेता गरिरहनुपर्छ। सोधभर्ना पनि जेठ-असारमा धेरै आउँछ। असारमा सोधभर्ना आउँदा विदेशी सहायता पनि त्यहीँ देखिन्छ र खर्च पनि त्यहीँ देखिन्छ,” खतिवडाले भने।
अर्थमन्त्री खतिवडाले बेरूजुलाई रकममा नहेरी प्रतिशतमा हेर्न पनि उनले आग्रह गरेका छन्। प्रतिशतमा हेर्दा अर्थ मन्त्रालयको बेरूजु स्वीकारयोग्य नै रहेको उनले बताए।
राजस्व पनि असार मसान्तमा धेरै उठ्ने भएकाले त्यसको आधारमा भुक्तानी बढी हुँदा खर्चको आकार असारमा ठूलो देखिएको उनले बताए।
बजेट कार्यान्वयनको असर हेर्दा गरिबी, रोजगारी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार निर्माणलगायतका परिसूचकलाई ध्यान दिनुपर्ने उनकोे भनाइ छ।
त्यसैगरी, उनले बेरूजुलाई रकममा नहेरी प्रतिशतमा हेर्न पनि उनले आग्रह गरेका छन्। प्रतिशतमा हेर्दा अर्थ मन्त्रालयको बेरूजु स्वीकारयोग्य नै रहेको उनले बताए।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले खर्च गर्ने सम्बन्धमा निरन्तर समस्या देखिएकाले त्यससम्बन्धी अध्ययन गर्नुपर्ने बताए। जनशक्ति, सामर्थ्य वा स्रोत के नभएर सरकारी खर्च हुन नसकेको हो त्यसको स्वतन्त्र अध्ययन हुनुपर्ने उनले बताए।
अर्का पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ समितिले यसअघि दिएका निर्देशनहरू अर्थ मन्त्रालयले कार्यान्वयन नगरेको बताए।
अर्थ समितिको बैठकमा सांसदहरूले विज्ञ अर्थमन्त्री भएर पनि अर्थतन्त्रमा सुधार ल्याउन नसकेको भन्दै अर्थमन्त्री खतिवडाको आलोचना गरेका थिए। उनीहरूले सरकारका कामकारबाही हेर्दा अबको चुनावमा मतदातालाई के भन्ने चिन्ता बढ्दै गएको बताए।