काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले कर प्रणालीको सुधार गरी व्यवसायीलाई कर बुझाउन सहजीकरण गरिएको बताएका छन्।
आन्तरिक राजश्व विभागले निर्माण गरेको साना करदाताले बैंकमा कर र आय विवरण एकैसाथ बुझाउने प्रणालीको शुभारम्भ गर्दै उनले झण्डै दुई दशकदेखि कर प्रणालीको सुधार जारी रहेको बताए।
अर्थमन्त्री खतिवडाले पछिल्ला समय कर सङ्कलनको विधि पनि सरलीकृत गरिएको जानकारी दिँदै आय विवरण बुझाउने लामालामा फारम, अतिरिक्त समय लाग्ने, बुझाउने रकमभन्दा फारम भर्ने समयको लागत बढी हुने अवस्थाको अन्त्य गरिएको बताए।
“आय विवरण बुझाउन र कर तिर्न दुई/तीन जिल्ला पार गरेर आउनुपर्ने अवस्थाको अन्त्य भएको छ”, अर्थमन्त्री डा खतिवडाले भने, “कर तिर्दा लाग्ने समय र लागत, करचुक्ता प्रमाणपत्र लिन लाग्ने समय र करको रकमभन्दा कर तिर्न जाँदा लाग्ने खर्च बढी हुने अवस्थाको पनि अन्त्य भएको छ।” बैंक तथा वित्तीय प्रणालीबाट कर बुझाउन सकिने भएपछि साना करदाताले सहजै ढङ्गबाट कर तिर्नसक्ने उनको भनाइ थियो ।
मन्त्री डा. खतिवडाले साना करदाता कर तिर्नको कठिनाइले होइन, व्यवहारिक कठिनाइले कर दाखिला नगर्ने र कर विवरण नबुझाउने करदाताको सङ्ख्या थपिँदै जाने अवस्थालाई यसले अन्त्य गरेको पनि बताए।
" /> काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले कर प्रणालीको सुधार गरी व्यवसायीलाई कर बुझाउन सहजीकरण गरिएको बताएका छन्।आन्तरिक राजश्व विभागले निर्माण गरेको साना करदाताले बैंकमा कर र आय विवरण एकैसाथ बुझाउने प्रणालीको शुभारम्भ गर्दै उनले झण्डै दुई दशकदेखि कर प्रणालीको सुधार जारी रहेको बताए।

">