काठमाडौं। आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्म विप्रेषण (रेमिटान्स) आप्रवाहमा तीन प्रतिशतले गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको विवरणअनुसार गत आवको जेठ मसान्तसम्म सात खर्ब ७४ अर्ब ८७ करोड विप्रेषण आएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या १२.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३५.७ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.४ प्रतिशतले बढेको थियो। विश्वव्यापी रुपमा कोरोना महामारीका कारण प्रमुख श्रम गन्तव्य समेत समस्यामा परेकाले नेपाली कामदारले विप्रेषण पठाउन नपाएका हुन्। गत जेठ मसान्तसम्मको अवधिमा खुद ट्रान्सफर आयमा ३.६ प्रतिशतले कमीआई आठ खर्ब ७२ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६.६ प्रतिशतले बढेको थियो ।
" /> काठमाडौं। आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्म विप्रेषण (रेमिटान्स) आप्रवाहमा तीन प्रतिशतले गिरावट आएको छ। नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको विवरणअनुसार गत आवको जेठ मसान्तसम्म सात खर्ब ७४ अर्ब ८७ करोड विप्रेषण आएको छ ।

">