चौतारा। नेपाल-चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ रूपैयाँ राजस्व संकलन भएको छ।
उक्त राजस्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा संकलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।
कोभिड-१९ महामारीका कारण सो नाका १६ माघ २०७६ देखि बन्द भई २६ चैत मा मात्र खुला भएको थियो। तातोपानी नाका भएर चीनबाट औषधि तथा औषधिजन्य सामग्री, फलफूल, विद्युतीय सामान, तयारी पोशाक तथा जुत्तालगायत सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ। रासस
" /> चौतारा। नेपाल-चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ रूपैयाँ राजस्व संकलन भएको छ।उक्त राजस्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा संकलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।

">