खाेटाङ। १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन नलाग्दै ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको हो।
बेँसी क्षेत्रमा लगाइएको चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा भने रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए। “चैते धान र मकै भित्र्याएपछि बेँसी क्षेत्रमा रोपाइँ हुने छ,” उनले भने, “जिल्लामा कूल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा मात्र धान खेती लगाउने गरिएको छ।”
सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने गरे पनि सिञ्चित र असिञ्चित खेतमा वर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ। सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाइँ हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन्।
जिल्लाको दिक्तेल, नेर्पा, खार्पा, हौँचुर, दोर्पा चिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछितापोखरी, सिम्पानी, इन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरे, खोटाङबजारलगायत ठाउँमा सबैभन्दा बढी धानखेती हुने गरेको छ। सिञ्चित ११ हजार ४०० हेक्टर र आकाशे पानीको भरमा रोपाइँ हुने तीन हजार ८०२ हेक्टर असिञ्चित जग्गामा धान रोपाइँ हुने गरेको छ।
खेतीपातीबाहेक अन्य आम्दानीको स्रोत नहुने जिल्लामा गत वर्ष लामो समयसम्म खडेरी जाँदा ४० प्रतिशत खाद्यान्न उत्पादन घटेको कृषि ज्ञान केन्द्रको अनुमान छ। दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपाती लामो समयको खडेरी र फौजी किराको प्रकोपले सखाप पारेपछि जिल्लामा भोकमरी शुरू भएको छ।
गत वर्षको खडेरीले सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दालाई समस्या पारेको छ। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकामा खडेरीका कारण खाद्यान्न सङ्कट भएपछि नगरपालिकाले एक करोड ३० लाख रूपैयाँ बराबरको चामल खरिद गरेर वितरण गरिरहेको छ। रासस
" /> खाेटाङ। १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन नलाग्दै ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको हो।बेँसी क्षेत्रमा लगाइएको चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा भने रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए। “चैते धान र मकै भित्र्याएपछि बेँसी क्षेत्रमा रोपाइँ हुने छ,” उनले भने, “जिल्लामा कूल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा मात्र धान खेती लगाउने गरिएको छ।”

">