मौद्रिक नीति: बैंकहरुले १० प्रतिशत लगानी ऊर्जा क्षेत्रमा गर्नुपर्ने
<p>काठमाडौं। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ वाणिज्य बैंकहरुले ऊर्जा क्षेत्रमा कम्तीमा १० प्रतिशत लगानी गर्नेपर्ने व्यवस्था गरेको छ। जसअनुसार, वाणिज्य बैंकहरुले वर्षभरि प्रवाह गर्ने कूल कर्जाको १० प्रतिशत कर्जा ऊर्जा क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने छ।</p>
<p>त्यस्तै, मौद्रिक नीतिले विद्युत निर्यात गर्ने परियोजनालाई सस्तो ब्याजदरमै ऋण पाउने व्यवस्था गरेको छ।कुनै परियोजनाले विद्युत उत्पादन गरेर निर्यात थालेमा निर्यात गरेको दिनदेखि ५ वर्षसम्मका लागि आधार दरमा १ प्रतिशत थप गरेर ऋण पाउने छन्।</p>
<p>त्यस्तै, जलाशययुक्त जलविद्युत आयोजनामा लगानी प्रोत्साहन गर्ने उद्देश्यले यस्ता आयोजनालाई आधार दरमा १ प्रतिशतले मात्रै थप गरेर कर्जा प्राप्त हुने भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्