काठमाडौं। नेपाल राष्ट्र बैंकले ऋणको साँवाको किस्ता र ब्याज तिर्ने समय २ वर्षसम्म थप गरिदिएको छ।
आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले असर पारेका क्षेत्रको कर्जा तिर्ने अवधि थप गर्ने बताएका हुन्।
मौद्रिक नीतिमार्फत ऋण तिर्नका लागि क्षतिको प्रभावअनुसार तीन चरणको अवधि दिइएको छ। २०७७ असार मसान्तसम्म तिर्नुपर्ने अवधि भएका चालु पुँजी कर्जा र कोभिड–१९ बाट कम मात्रामा प्रभावित भएका पेशा व्यवसायमा प्रवाहित भएका कर्जाको किस्ता र व्याज रकम पुस मसान्तसम्म तिर्दा हुने भएको छ।
त्यसैगरी, मध्यम रूपमा प्रभावित भएका पेशा व्यवसायमा लगानी भएका ऋणको किस्ता र ब्याज भने २०७७ चैत मसान्तसम्मा तिर्दा हुने व्यवस्था मौद्रिक नीतिबाट गरिएको छ।
त्यसैगरी, कोभिड–१९ बाट अतिप्रभावित भएका पेशा व्यवसायमा लगानी भएका बैंकको ऋणको २०७७ असार मसान्तसम्म बुझाउनुपर्ने किस्ता र व्याज रकम २०७८ असार मसान्तसम्म भुक्तानी गर्ने सुविधा दिइएको छ।
त्यसैगरी, पुनर्स्थापित हुन समय लाग्ने पर्यटन लगायतका अति प्रभावित क्षेत्रमा लगानी भएको ऋणको साँवाको किस्ता र ब्याज तिर्नका लागि आवश्यकता अनुसार थप समय दिन सक्ने व्यवस्था मिलाउने गभर्नर महाप्रसाद अधिकारीले बताए।