इलाम। लामो समयदेखि आन्दोलनरत चिया किसानले पछिल्लो छलफलबाट आफ्ना माग सुनुवाइ हुँदै गएकाले सहमति नजिक पुगेको बताएका छन्। उद्योगले विभिन्न बहाना बनाएर हरियो चियाको दाम कम्ती दिएको भन्दै आन्दोलनमा होमिएका किसान अब भने चियाको उचित दाम पाउनेमा आशावादी देखिएका छन्।
सूर्योदय नगरपालिकामा रहेका चिया उद्योगले बन्दाबन्दीको बहाना बनाउँदै नगरले तोकेको मूल्यभन्दा कम मूल्यमा चिया लिने बताएपछि किसान आन्दोलनमा होमिएका थिए। दुई वर्षअघि नगरपालिकाले हरियो चियापत्ती प्रतिकिलो मूल्य ४० रूपैयाँ भन्दा कममा उद्योगले किन्न नपाउने भन्दै कार्यविधि नै बनाएको थियो तर अहिले उद्योगीले बन्दाबन्दीमा चिया बेच्न नसकिएका कारण व्यवसाय घाटामा गएकाले तोकिएको मूल्य दिन नसक्ने बताएका थिए।
त्यसपछि आन्दोलनमा रहेका किसानले पछिल्लो समय उद्योगले माग सम्बोधन गर्न सकारात्मक रहेकाले सहमतितर्फ वार्ता पुगेको बताएका छन्। नगरपालिकाले समेत तोकिएको मूल्यमा किसानको चिया किन्न उद्योगीलाई आदेश दिएपछि उद्योगी माग पूरा गर्न सकारात्मक देखिएको सूर्योदय नगरपालिका–११ का चिया किसान सोनामछिरिङ काजीले बताए।
नगरपालिकाले हरियो चियापत्तीको न्यूनतम मूल्य ४० रूपैयाँ कानूनमै लेखिएकाले उद्योगले पूरा नगरे कारबाही गर्ने बताएपछि उद्योगी सकारात्मक देखिएको सोनामले बताए। “नगरपालिका, चिया किसान र उद्योगीबीच वार्ता बस्दा नगरप्रमुख रणबहादुर राईले कानूनको कुरा गरेपछि उद्योगी सकरात्मक हुँदै आएका हुन्”, उनले भने, “धेरै उद्योगी अहिले पनि सकारात्मक हुनुहुन्छ। केही उद्योगीले मात्र कुरा बुझ्नुभएको छैन।”
नगरपालिकाले पनि तोकिएको भन्दा कम मूल्यमा किसानको चिया उद्योगले किन्न नसक्ने बताएको छ। चियाको मूल्य निर्धारण गर्दा उद्योगी, किसान, चिया बोर्ड सबैको छलफल भएकाले उद्योगले कानूनअनुसार चल्नुपर्ने नगरपालिकाका आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माले बताए। किरण पौड्याल/रासस
" /> इलाम। लामो समयदेखि आन्दोलनरत चिया किसानले पछिल्लो छलफलबाट आफ्ना माग सुनुवाइ हुँदै गएकाले सहमति नजिक पुगेको बताएका छन्। उद्योगले विभिन्न बहाना बनाएर हरियो चियाको दाम कम्ती दिएको भन्दै आन्दोलनमा होमिएका किसान अब भने चियाको उचित दाम पाउनेमा आशावादी देखिएका छन्।सूर्योदय नगरपालिकामा रहेका चिया उद्योगले बन्दाबन्दीको बहाना बनाउँदै नगरले तोकेको मूल्यभन्दा कम मूल्यमा चिया लिने बताएपछि किसान आन्दोलनमा होमिएका थिए। दुई वर्षअघि नगरपालिकाले हरियो चियापत्ती प्रतिकिलो मूल्य ४० रूपैयाँ भन्दा कममा उद्योगले किन्न नपाउने भन्दै कार्यविधि नै बनाएको थियो तर अहिले उद्योगीले बन्दाबन्दीमा चिया बेच्न नसकिएका कारण व्यवसाय घाटामा गएकाले तोकिएको मूल्य दिन नसक्ने बताएका थिए।

">