काठमाडौं। नेपाल उद्योग परिसंघले निजी क्षेत्र बचाउने गरी मौद्रिक नीति आएको बताएको छ। परिसंघले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले कोभिड-१९ बाट थला परेको निजी क्षेत्रलाई बचाउने बताएको हो।
लकडाउनका कारण अर्थतन्त्रमा उत्पन्न भएको विषम परिस्थितीलाई आत्मसाथ गर्दै अर्थतन्त्र चलायमान बनाउने पुग्ने गरी मौद्रिक नीति आएको परिसंघको भनाइ छ। परिसंघले कोभिड–१९ को महामारी तथा लकडाउनको सुरुआतसँगै देशको अर्थतन्त्र तथा उद्योग व्यवसायलाई जोगाउन आवश्यक पर्ने सुझाव सरकारलाई उपलब्ध गराउँदै आएको थियो।
आफ्ना अधिकांश सुझावहरू समेटिएर मौद्रिक नीति आएपछि अन्य निजी क्षेत्रका छाता संगठन जस्तै परिसंघ पनि उत्साहित बनेको हो। परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लगानीको व्याजलाई कम्तीमा ५ प्रतिशतले घटाउनु पर्ने मागलाई मौद्रिक नीतिले सम्बोधन गरेको छ।”
बजारमा तरलता वृद्धि गर्ने प्रशस्तै उपकरणहरू प्रयोग गरिए पनि राष्ट्र बैंकले प्रयोग गरेका यी उपकरणहरुको स्थिरता भने अत्यावश्यक रहेको परिसंघले बताएको छ।