काठमाडौं। विराटनगरका उद्योगी व्यवसायीले मौद्रिक नीतिको स्वागत गरेका छन्। मोरङ व्यापार संघ र उद्योग संगठन मोरले संयुक्त रूपमा मौद्रिक नीतिको स्वागत गरेका हुन्।
उनीहरूले मौद्रिक नीतिमा तरलताको अभाव हुन नदिने, पुनर्कर्जाको सुविधा, ऋण र ब्याजको किस्ता भुक्तानी अवधि थप गर्नुपर्नेलगायतका विषयहरू स्वागतयोग्य भएको बताएका छन्।
यस्तै, कोभिड-१९ बाट प्रभावित बनेको उद्यमशीलता विकासको अवसर दिन बैंक तथा वित्तीय संस्थाबाट पाँच प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था उत्कृष्ट भएको बताएका छन्।
यो व्यवस्थाले कोरोना भाइरसबाट प्रभावित उद्योग र व्यवसायलाई मात्र नभई त्यस क्षेत्रका कर्मचारीलाई समेत राहत पुग्ने बताइएको छ।
" /> काठमाडौं। विराटनगरका उद्योगी व्यवसायीले मौद्रिक नीतिको स्वागत गरेका छन्। मोरङ व्यापार संघ र उद्योग संगठन मोरले संयुक्त रूपमा मौद्रिक नीतिको स्वागत गरेका हुन्।उनीहरूले मौद्रिक नीतिमा तरलताको अभाव हुन नदिने, पुनर्कर्जाको सुविधा, ऋण र ब्याजको किस्ता भुक्तानी अवधि थप गर्नुपर्नेलगायतका विषयहरू स्वागतयोग्य भएको बताएका छन्।

">