काठमाडाैं। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चार्टर्ड उडानका दौरानमा कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वभाविकरूपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको तर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कतिपय व्यक्ति वा संस्थाले यात्रुलाई सहजै टिकट मिलाई दिने भनी आफ्नो सम्पर्क नम्बरसहित विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशित गरेको समेत बुझिएको भन्दै निगमले आज एक विज्ञप्तिमार्फत् त्यस्ता व्यक्ति वा संस्थाको भ्रममा नपर्न सम्बन्धित सबैलाई सूचीत गरेको छ।
यदि निगमको वेबसाइटमा प्रकाशित भाडादरभन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट बिक्री गरेको प्रमाणित भएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने निगमले जनाएको छ।
निगमका उद्धार उडान तालिका र भाडादरसम्बन्धी जानकारी चाहिएमा निगमको निम्न नम्बर ४२४८६१४, ४२४८६२५ मा सम्पर्क गर्न तथा निगमको वेबसाइटमा हेर्नसमेत अनुरोध गरेको छ।
कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू भएको लकडाउनका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी स्वदेश फर्काउने कार्यमा राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सले आफ्नो सामाजिक जिम्मेवारी समेतको बोध गर्दै सुलभ तथा सहुलियतपूर्ण भाडादरमा उद्धार उडान सञ्चालन गर्दै आइरहेको जनाएको छ।
उद्धार उडान तालिका र तोकिएको भाडादर निगमले आफ्नो वेबसाइटमा प्रकाशित गरी सोहीबमोजिम उडान सञ्चालन गरिरहेको, साथै उडान तालिकामा रहेका बाहेक अन्य गन्तव्यमा उडान नगरिएको पनि निगमले जानकारी गराएको छ। रासस
" /> काठमाडाैं। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चार्टर्ड उडानका दौरानमा कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वभाविकरूपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको तर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।कतिपय व्यक्ति वा संस्थाले यात्रुलाई सहजै टिकट मिलाई दिने भनी आफ्नो सम्पर्क नम्बरसहित विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशित गरेको समेत बुझिएको भन्दै निगमले आज एक विज्ञप्तिमार्फत् त्यस्ता व्यक्ति वा संस्थाको भ्रममा नपर्न सम्बन्धित सबैलाई सूचीत गरेको छ।

">