गण्डकी। कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ।
साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए।
देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङका लागि उपयुक्त हुने देखिएका कारण यहाँ परीक्षण उडान गरी सम्बद्ध निकायबाट अनुमति लिने प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
साहसिक पर्यटनको सम्भाव्य क्षेत्र लुम्लेमा रक क्लाइम्बिङ, महँगो डाँडामा जिप फ्लायर, सार्कुको घट्टे खोलामा क्यानोनिङजस्ता पर्यटकीय गतिविधिका सम्भाव्यतालाई उजागर गर्ने गाउँपालिकाको तयारी छ।
अध्यक्ष कुँवरका अनुसार अन्य धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय स्थानको विवरण सङ्कलन गरी प्रचारप्रसार गर्न ब्रोसर प्रकाशन गर्ने तयारी गरिएको छ।
भदौरे, घान्द्रुक, लान्द्रुक, पोथना, अष्ट्रेलियन क्याम्प, पाउँदुरकोट, दाङसिङमा रहेका घरवास पर्यटनको प्रचारप्रसार, प्रवर्द्धन व्यवस्थित गर्नुका साथै ती क्षेत्रलाई पर्यटन सूचना केन्द्रका रूपमा विकास गर्न पहल गरिने कुँवरले बताएका छन्। रासस
" /> गण्डकी। कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ।साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए।

">