काठमाडौं। सुनको मूल्य आज प्रतितोला ४०० रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ आज (मंगलबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रूपैयाँ तोेकेको छ, जुन सोमबारको तुलनामा प्रतितोला ४०० रूपैयाँले बढी हो।
सोमबार नेपालमा सुन प्रतितोला ९२ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।
लकडाउन खुकुलो भएसँगै कारोबार शुरू भएपछि सुनको मूल्य दैनिक बढेर गत असार ३१ गते प्रतितोला ९२ हजार ८०० रूपैयाँँसम्म पुगेको थियो। त्यसयता सुनको मूल्य केही घटेको छ। तर, दैनिक घटबढ हुने क्रम चलिरहेको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपाली बजारमा प्रभाव पर्ने गरेको छ।
यसैगरी चाँदीको मूल्य पनि आज तोलामा ४० रूपैयाँले बढेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ४० रूपैयाँ कायम गरेको छ। हिजो (सोमबार) चाँदी एक हजार रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
" /> काठमाडौं। सुनको मूल्य आज प्रतितोला ४०० रूपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघ आज (मंगलबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रूपैयाँ तोेकेको छ, जुन सोमबारको तुलनामा प्रतितोला ४०० रूपैयाँले बढी हो।

">