काठमाडौं। नयाँ आर्थिक वर्ष शुरू भएपछि बाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन्। अहिलेसम्म सात वटा वाणिज्य बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन्।
ग्लोबल आइएमई बैंकले १ साउ साउनबाटै लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ। त्यसैगरी, एभरेष्ट बैंक, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी), साउन ६ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
लक्ष्मी बैंक र सनराइज बैंकले भने ५ साउनबाटै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
बैंकका निक्षेप बढेको र कर्जा लगानी हुन नसकेका कारण कर्जाको ब्याजदर कटौती गर्नुपर्ने दबाबमा बैंकहरू छन्। नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई कर्जाको ब्याजदर घटाउन दबाब दिइरहेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार, एक वर्षको अवधिमा बैंकमा निक्षेप ४९ प्रतिशतले बढेको छ। तर, निक्षेपको तुलनामा लगानी भने साह्रै न्यून छ। तथ्यांकअनुसार ऋणको विस्तार भने ४.५१ प्रतिशतले मात्रै बढेको छ।
कुन बैंकको ब्याजदर कति ?
ग्लोबल आईएमई बैंकले १ साउन बाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको थियो। जसअनुसार, साना तथा मझौला व्यवसायका लागि प्रवाह हुने कर्जामा आधार ब्याजदरमा ५ प्रतिशत प्रिमियम थपेर कर्जा लगानी गरिने बताएको छ।
त्यसैगरी, १५ लाख रूपैयाँसम्मको ग्लोबल कृषि कर्जामा आधार ब्याजदरमा २ प्रतिशतमा कर्जा दिने बताएको छ। तोकिएको मितिमा कर्जा असूल हुन नसकेर ‘वाचलिस्ट’मा परेमा तोकिएको ब्याजदरमा दुई प्रतिशत थप हुने बैंकले बताएको छ।
बैंकले ओभरड्राफ्ट, ट्रस्ट रिसिप्ट, प्याकिङ क्रेडिट, क्यास क्रेडिट, फिक्स्ड टर्म लोन, प्रोजेक्ट लोन, हायर पर्चेज, शेयर धितोमा गरिने कर्जाको ब्याजदरमा आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थप हुने उल्लेख गरेको छ।
बैंकको आधार ब्याजदर असार मसान्तमा ८.४२ प्रतिशत रहेको छ।
ग्लोबल आइएमई बैंकले बचतमा भने ३ देखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ।
एभरेष्ट बैंकले आजदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा ३.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ।
यस्तै बैंकले साधारण मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० देखि ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५० देखि ६.५० प्रतिशतसम्म ब्याज उल्लेख गरेको छ।
एभरेष्ट बैंकले संस्थागत बल्क फिक्स्ड डिपोजिट र स्पेशल फिक्स्ड डिपोजिटमा ६.५० प्रतिशत ब्याज दिने भएको छ। यस्तै डलर खतामा १ देखि २ प्रतिशतसम्म ब्याज दिने जनाएको छ। यस्तै ईबीएल प्लानमा ७.२५ प्रतिशत ब्याज एभरेष्ट बैंकले बताएको छ।
ऋणको ब्याजमा भने बैंकले आधार ब्याजदरमा न्यूनतम १.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गरिने जनाएको छ।
त्यसैगरी, बैंक अफ काठमाडौंले पनि आजैदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर परिवर्तन गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ देखि ७.२५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ।
बैंकले ३ महीने निक्षेपमा ५.२५ प्रतिशत, ६ महीनादेखि १ वर्ष अवधिसम्मका लागि ६.२५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ७.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले बताएको छ।
बैंक अफ काठमाडौंले संस्थागत मुद्दती निक्षेपतर्फ ४.५० देखि ६.५० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ। बैंकले ३ महीनादेखि ६ महीनासम्मको मुद्दती निक्षेपमा ४.५० प्रतिशत, ६ महीनादेखि १ वर्ष अवधिसम्मका लागि ५.५० प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ६.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।
यस्तै बैंकले २ देखि १० वर्ष अवधिसम्ममा रिकरिङ्ग डिपोजिट र १ देखि १० वर्ष अवधिको किसान बैंकिङ्ग सेवा (रिकरिङ्ग डिपोजिट)मा ६ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ।
प्राइम कमर्सियल बैंकले पनि साउन ६ बाटै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार सात प्रकारका बचत खातामा ५ प्रतिशतका दरले ब्याज दिने भएको छ। यसबाहेक अरू सबै बचत खातामा तीन प्रतिशतका दरले ब्याज दिने प्राइम कमर्सियल बैंकले बताएको छ।
एनसीसी बैंकले पनि आजैदेखि लागू हुने गरी मुद्दती खाताको खाताको ब्याजदर परिवर्तन गरेको छ। बैंकका अनुसार मुद्दती निक्षेप गर्नेले अधिकतम ८.२५ प्रतिशत ब्याजदरसम्म ब्याज पाउनेछन्।
त्यसैगरी, लक्ष्मी बैंकले ५ साउनबाट लागू हुने गरी साधारण बचत खातामा चारदेखि पाँच प्रतिशत ब्याज दिने बताएको छ।
संस्थागत ओभरड्राफ्टमा आधार ब्याजदरमा ५ प्रतिशतसम्म प्रिमियम थप हुने बताएको छ। साना तथा मझौला व्यवसायलाई दिइने ऋणमा आधारदरमा दुई देखि पाँच प्रतिशतसम्म थप गरेर तय हुने ब्याजदरमा ऋण दिने बताएको छ।
असार मसान्तमा लक्ष्मी बैंकको आधार ब्याजदर ९.२३ प्रतिशत छ। लक्ष्मी बैंकले दिने सबैजसो ऋणमा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप भएर ब्याजदर तय हुने उल्लेख गरेको छ।
त्यसैगरी, सनराइज बैंकले फिक्स्ड डिपोजिटतर्फ समय तोकेर ब्याजदर निर्धारण गरेको छ। तीन महीनाको लागि ७ प्रतिशत, एक वर्षसम्मको फिक्स्ड डिपोजिटमा ७.२७ प्रतिशत र दुई वर्षसम्मको लागि ७.७५ प्रतिशत ब्याजदर तोकिएको छ।
दुई वर्षभन्दा बढी समयको लागि मुद्दती निक्षेप गर्दा ७.७५ प्रतिशत ब्याज दिने सनराइज बैंकले बताएको छ। ऋणको ब्याज भने आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थप हुने बैंकले बताएको छ।
" /> काठमाडौं। नयाँ आर्थिक वर्ष शुरू भएपछि बाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन्। अहिलेसम्म सात वटा वाणिज्य बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन्।ग्लोबल आइएमई बैंकले १ साउ साउनबाटै लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ। त्यसैगरी, एभरेष्ट बैंक, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी), साउन ६ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

">