काठमाडौं। विगतका वर्षमा साउन महिना शुरू भएसँगै भरिभराउ हुने इन्द्रचोक र असन क्षेत्रका चुरा पोतेका पसलमा अहिले चहलपहल देखिँदैन।
काठमाडाैंको मुख्य र पुरानो व्यापारिक स्थानका रूपमा रहेको ती क्षेत्रका चुरापोतेका पसलमा महिलाको चहलपहल छैन। बन्दाबन्दीले अन्य व्यापार व्यवसायमा जस्तै त्यहाँको चुरा पोतेको व्यापारमा पनि असर पुर्याएको छ।
खरिद गर्ने मानिस आउनै छाडेपछि पसल खोलेर कुर्नु मात्र भएको व्यापारी सविर अहमद बताउँछन्। उनी प्रश्न गर्छन्, “व्यापार नै छैन कसरी परिवार चलाउने ?”
मल्लकालदेखिको पुर्ख्याैली पेशा धान्दै आएका उनी इतिहासमा कहिल्यै यस्तो अवस्था नआएको बताउँछन्।
पोतेको व्यापार गर्दै आएका उनी विगतका वर्षमा मानिसको अत्यधिक भीडभाड हुने गरेको स्मरण गर्छन्। “अब व्यापार कहिले सामान्य अवस्थामा आउने हो, पत्तै छैन,” उनले भने। विवाहको लगनमा मात्र पोतेको व्यापार भएको अहमदले बताउँछन्।
उनीजस्तै यहाँका अर्का चुरा व्यापारी सुस्मिता चौधरीको दिनचर्या पनि उस्तै छ। विगतका वर्षमा दैनिक झण्डै ५० हजार रूपैयाँको व्यापार हुने गरेकामा अहिले एक हजार रूपैयाँको पनि व्यापार नहुने गरेको उनी बताउँछन्। “व्यापारले घरभाडा जुटाउन पनि मुस्किल छ,” उनले भने।
सङ्क्रमणको डरले मानिसको सङ्ख्यामा कमी आएको उनको ठम्याइ छ। बन्दाबन्दीमा सामान कम आउने भएकाले मूल्य पनि केही वृद्धि भएको उनले बताए। जोखिम मोलेरै पसल खोले पनि दिनभर यसै बस्नुपर्ने अवस्था रहेको चौधरीको दुखेसो छ।
व्यापार नभएका कारण परिवार धान्नै मुस्किल भएको अर्का व्यापारी आलोक मल्लले जानकारी दिए। उनी भन्छन्, “दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढ्यै छ, ऋण गरेर चल्नुपर्ने अवस्था छ।”
यस्तै अवस्था आए भोकभोकै मर्नुपर्ने स्थिति आउने उनको बुझाइ छ। सङ्क्रमणको नाममा मनपरीतन्त्र बढेको उनको आरोप छ।
“जनताप्रति सरकार उत्तरदायी छैन भने गणतन्त्र आउनुको के अर्थ?,” उनको प्रश्न छ।
कोरोनासँगै समाजमा मनोवैज्ञानिक त्रास बढ्दै गएको उनी बताउँछन्। राजनीतिक खिचातानीलाई छाडेर सरकारले जनताको अवस्थालाई बुझी नयाँ विकल्प खोजी हाल्नुपर्ने अवस्था रहेको उनको सुझाव छ। रासस
" /> काठमाडौं। विगतका वर्षमा साउन महिना शुरू भएसँगै भरिभराउ हुने इन्द्रचोक र असन क्षेत्रका चुरा पोतेका पसलमा अहिले चहलपहल देखिँदैन।काठमाडाैंको मुख्य र पुरानो व्यापारिक स्थानका रूपमा रहेको ती क्षेत्रका चुरापोतेका पसलमा महिलाको चहलपहल छैन। बन्दाबन्दीले अन्य व्यापार व्यवसायमा जस्तै त्यहाँको चुरा पोतेको व्यापारमा पनि असर पुर्याएको छ।

">