काठमाडौं। सुनको मूल्य एकै दिन एक हजार ३०० रूपैयाँले बढेर नयाँ कीर्तिमान बनेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ आज (बुधबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यससँगै सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ।
आजको मूल्य मंगलबारको तुलनामा आज प्रतितोला एक हजार ३०० रूपैयाँले बढी हो। मंगलबार नेपालमा सुन प्रतितोला ९२ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।
लकडाउन खुकुलो भएसँगै कारोबार शुरू भएपछि सुनको मूल्य दैनिक बढेर गत असार ३१ गते प्रतितोला ९२ हजार ८०० रूपैयाँसम्म पुगेको थियो। त्यसयता सुनको मूल्य केही घटेको थियो। तर, आज पुनः बढेर कीर्तिमान बनेको हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपाली बजारमा प्रभाव पर्ने गरेको छ।
यसैगरी चाँदीको मूल्य पनि आज तोलामा ९५ रूपैयाँले बढेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार १३५ रूपैयाँ कायम गरेको छ। हिजो (मंगलबार) चाँदी एक हजार ४० रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
" /> काठमाडौं। सुनको मूल्य एकै दिन एक हजार ३०० रूपैयाँले बढेर नयाँ कीर्तिमान बनेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघ आज (बुधबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यससँगै सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ।

">