पाल्पा। पाल्पा जिल्लामा एक वर्षमा ४०७ उद्योग थपिएका छन्।
आर्थिक वर्ष २०७६/७७ का अवधिमा जिल्लामा लघु उद्यम ९, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन्।
तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वन्यजन्तुमूलक १५५, पर्यटनमूलक १४८ र सेवामूलक ६२ उद्योग नयाँ दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए।
उनका अनुसार महिलाका नाममा १८१ र पुरुषका नाममा २४३ उद्योग दर्ता भएको पाइएको छ।
ती उद्योगमा ४५१ महिला र ६४५ पुरुष रोजगारीमा आबद्ध छन्।
आव २०७५/०७६ मा उत्पादनमूलक ५२, कृषि तथा वन्यजन्तुमूलक १११, पर्यटनमूलक ९७ र सेवामूलक ११० गरी जम्मा ३७० उद्योग थपिएका थिए जसमा ९६ महिला उद्यमी छन्।
पछिल्ला वर्षमा जिल्लामा महिलाका नाममा उद्योग दर्ता हुने क्रम बढ्दो छ। महिलाका नाममा दर्ताका लागि ५० प्रतिशत छुट छ। रासस
" /> पाल्पा। पाल्पा जिल्लामा एक वर्षमा ४०७ उद्योग थपिएका छन्।आर्थिक वर्ष २०७६/७७ का अवधिमा जिल्लामा लघु उद्यम ९, घरेलु उद्यम तीन र साना उद्यम ३९५ दर्ता भएका छन्।

">