काठमाडौं। नेपाल वायु सेवा निगमले जागिरबाट हटाएका १४५ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
निगमले करार नविकरण नगर्ने निर्णय गरेपछि विरोधमा उत्रिएका कर्मचारीलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो। नेपाल वायुसेवा निगम आर्थिक संटकमा परेपछि गत असार मसान्तमा करार अवधि पूरा भएका कर्मचारीलाई हटाउने निर्णय गरेको थियो।
वायु सेवा निगमको सञ्चालक समितिको आज बसेको बैठकले कर्मचारी हटाउने निर्णय गरेको थियो। महानगरीय प्रहरी वृत्त जनसेवा, विशालबजारका प्रहरी नायब उपरीक्षक शुनिलजङ्ग शाहले १४५ जनालाई नियन्त्रणमा लिइएको बताए।
उच्छृङ्खल रूपमा वायु सेवा निगमको कार्यलयमा प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरिएको शाहले बताए। “नाराबाजी गर्ने, गेट भित्र पस्न खोज्ने गरेपछि समातेर ल्याएका छौं,” उनले भने।
आन्तरिक बाह्य उडान विगत चार महिनादेखि स्थगित हुँदा नेपाल वायुसेवा निगम आर्थिक संकटमा फसेको छ। निगमले किनेको जहाजको ऋणको साँवा र ब्याज समेत तिर्न नसक्ने अवस्था आएको भन्दै कर्मचारी कटौतीको निर्णय गरेको छ।
उडान नियमित भएर थप कर्मचारी आवश्यक पर्दा यसअघि करारमा काम गरेका कार्मचारीलाई नै प्रथमिकतामा राखेर रोजगारी दिने निमगले बताएको छ। नेपाल वायुसेवा निगममा करीब ४५० जना कर्मचारी करारमा कार्यरत छन्।
पढ्नुहोस्
ऋणको किस्ता तिर्नै नसक्ने अवस्थामा नेपाल वायुसेवा, हटायो १४५ जना कर्मचारी
" /> काठमाडौं। नेपाल वायु सेवा निगमले जागिरबाट हटाएका १४५ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।निगमले करार नविकरण नगर्ने निर्णय गरेपछि विरोधमा उत्रिएका कर्मचारीलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो। नेपाल वायुसेवा निगम आर्थिक संटकमा परेपछि गत असार मसान्तमा करार अवधि पूरा भएका कर्मचारीलाई हटाउने निर्णय गरेको थियो।

">