काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले निर्वाचनबारे अनधिकृतरूपमा विज्ञप्ति पठाउनेलाई कारबाही गर्न माग गरेको छ। साउन ६ गते ‘नेपाल उद्योग वाणिज्य महासंघको विज्ञप्ति’ भनी झूठो विज्ञप्ति पठाउने व्यक्तिलाई कारबाही गर्न महासंघले माग गरेको हो।
महासंघका अनुसार साउन ६ गते बेलुका महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनका सम्बन्धमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गरेको ट्वीटको हवाला दिएर विज्ञप्ति पठाइएको थियो। जसमा साउन २६ र २७ का लागि तय भएको साधारण सभा नरोकिने भनिएको थियो।
महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाको ट्वीटमा भनिएको थियो, “कोरोना संक्रमणको जोखिम कायमै रहनु र यही बेला आएको बाढी पहिरोले पछिल्लो पटक तोकिएको मितिमा महासंघको निर्वाचन गर्ने हाम्रो प्रयासमा चुनौती थपेको छ।”
महासंघले वार्षिक साधारण सभा आयोजनाका लागि नेपाल सरकारबाट स्वीकृति लिने प्रक्रिया अघि बढाएको र सरकारबाट निर्देशन प्राप्त हुनासाथ वार्षिक साधारण सभा सम्पन्न गर्ने तयारीमा रहेको व्यहोरा पनि स्पष्ट पारेको छ।
महासंघको निर्वाचन नरोकिने भनेर विज्ञप्ति मोनिका अधिकारीको नामबाट पठाइएको पनि महासंघले जनाएको छ।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले निर्वाचनबारे अनधिकृतरूपमा विज्ञप्ति पठाउनेलाई कारबाही गर्न माग गरेको छ। साउन ६ गते ‘नेपाल उद्योग वाणिज्य महासंघको विज्ञप्ति’ भनी झूठो विज्ञप्ति पठाउने व्यक्तिलाई कारबाही गर्न महासंघले माग गरेको हो।महासंघका अनुसार साउन ६ गते बेलुका महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनका सम्बन्धमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गरेको ट्वीटको हवाला दिएर विज्ञप्ति पठाइएको थियो। जसमा साउन २६ र २७ का लागि तय भएको साधारण सभा नरोकिने भनिएको थियो।

">