काठमाडौं। राइड सेयरिङ सेवा टुटलले अब ‘फोर ह्वीलर’ (चार पाङ्ग्रे सवारी)मार्फत पनि सेवा दिने भएको छ।
चार पाङग्रे सवारी चलाउनुपर्ने माग लामो समयदेखि आइरहेका कारण त्यस्तो सुविधा थप्न लागेको टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए। काठमाडौं उपत्यकामा मात्र सीमित रहँदै आएको टुटलको सेवा अब अन्य सहरमा पनि विस्तार गरिने उनले बताए।
“फोर ह्वीलर, ट्याक्सी पनि चलाउने माग आएको छ। त्यसैले अब त्यो सुविधा पनि थप्दैछौं,” भट्टले देखापढीसँग भने, “आगामी दिनमा हामीले आफ्नो सेवा काठमाडौंबाहिर पनि विस्तार गर्ने योजना बनाएका छौं। पहिलो चरणमा पोखरा, बुटवल र चितवनमा सेवा शुरू गर्नेछौं।”
नेपालको आफ्नै ब्राण्डका रूपमा स्थापित टुटलले सेवा प्रभावकारी बनाउन नयाँ प्रविधिसँगै आफ्नो एपलाई परिमार्जन गरेको उनले जानकारी गराए। पछिल्लो चार वर्षदेखि काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेको टुटलले सेवाग्राहीको सुझाव र गुनासोका आधारमा एप परिमार्जन गरेको उनले बताए।
सञ्चालक भट्टका अनुसार परिमार्जित एपको सेवा आजबाट सुचारू हुने छ। परिमार्जित एपले प्रयोगकर्तालाई नजिकको राइडरलाई बुक गर्ने सुविधा दिने छ। जसका कारण सेवा ढिलो हुने गुनासो अब नआउने उनको भनाइ छ।
“पुरानो एपमा प्रयोगकर्ताले आफूभन्दा टाढा भएको राइडरलाई छान्न सक्ने व्यवस्था थियो। नजिकको राइडर बुक गर्ने सुविधाले सेवा छिटो हुने हामीले विश्वास लिएका छौं,” उनले भने।
आठ जना नेपाली इन्जिनियरहरूले नौ महीना लगाएर टुटल एपलाई परिस्कृत गरेको उनले बताए। परिस्कृत एप धेरै व्यक्तिले एकै समयमा प्रयोग गर्न सक्ने गरी अन्तर्राष्ट्रियस्तरको बनाइएको भट्टको दाबी छ।
एप सुरक्षित भएको बताउँदै उनले आगामी ६ महीनासम्म टुटलमा आबद्ध राइडर (चालक)बाट कमिसन नलिने योजना सुनाए। “अहिलेलाई ६ महीनासम्म सेवाग्राहीबाट आउने पैसा सबै राइडरले नै पाउने छन्। त्यसपछि नयाँ योजनाअनुसार अघि बढिनेछ,” सञ्चालक भट्टले भने।
उनका अनुसार काठमाडौं उपत्यकामा ३० हजारभन्दा बढी राइडरले टुटलमार्फत स्वरोजगारीको उपाय अपनाइरहेका छन्। यसरी टुटलको स्वरोजगारी रोज्नेहरूमा विदेशबाट फर्केका युवासँगै विद्यार्थी, विभिन्न व्यावसायिक प्रतिष्ठानमा कार्यरत तथा सरकारी सुरक्षा निकाय सेना र प्रहरीमा कार्यरत कर्मचारीहरूसमेत रहेको भट्टले जानकारी गराए।
चार वर्षअघि फर्किंदा नेपालमा राइड सेयरिङको अवधारणा थिएन। तर, टुटलले सवारीविहीन यात्रुलाई सेवाका साथै फुर्सदिला सवारीधनीलाई रोजगारीको अवसर पनि दिने गरी नेपालमा पहिलो पटक सेवा शुरू गरेको थियो।
“काम शुरू गर्दा ‘यस्तो होला र!’ भनेर मानिसहरूले हामीलाई शंकाको दृष्टिले हेर्थे,” सञ्चालक भट्टले थपे, “तर, अहिले सबैले यसलाई सामान्य रूपमा प्रयोगमा ल्याउन थालिसकेका छन्।”
" /> काठमाडौं। राइड सेयरिङ सेवा टुटलले अब ‘फोर ह्वीलर’ (चार पाङ्ग्रे सवारी)मार्फत पनि सेवा दिने भएको छ।चार पाङग्रे सवारी चलाउनुपर्ने माग लामो समयदेखि आइरहेका कारण त्यस्तो सुविधा थप्न लागेको टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए। काठमाडौं उपत्यकामा मात्र सीमित रहँदै आएको टुटलको सेवा अब अन्य सहरमा पनि विस्तार गरिने उनले बताए।

">