काठमाडौं। समिरा श्रेष्ठ मेकअपमा खुब ध्यान दिन्छिन्। पहिरनदेखि मेकअपसम्म उनको रोजाइमा पर्छ।

प्रत्येक महिना ब्यूटीपार्लर जानु र मेकअप गर्नु उनको रूटिन नै बनेको छ। मेकअपका सामान घरमा पनि थुप्रै छन्। कुनै नयाँ सामान आयो भने उनी किनिहाल्छिन्।

तर, चार महिना भयो उनी पार्लर जान नपाएकी। यो अवधिमा घरमा भएका मेकअपका सामान प्रयोगमा ल्याइन्। यद्यपि, ओठमा लगाउने लिपिस्टिक प्रयोगमा आएको छैन। लकडाउन हुनुभन्दा पहिला किनेका अन्य सामान सकिए, लिपिस्टिक भने जस्ताको त्यस्तै छ।

कोरोना महामारीबाट बच्न लकडाउनसँगै मास्क अनिवार्य थियो। “मुखमा मास्क लगाएपछि लिपिस्टिक लगाएर के गर्ने? ओठमा लिपिस्टिक लगाएपछि मास्कले छेकिहाल्छ,” समिराले भनिन्, “त्यो भन्दा त लिपिस्टिक नै नलगाउनु उत्तम। घरमा भएको लिपिस्टिक नै प्रयोगमा नआएपछि नयाँ किन्ने त कुरै भएन नि।”

उनीजस्तै अधिकांश महिलाहरूले अहिले लिपिस्टिक लगाउन छाडेका छन्। महामारीबाट बच्न मुखमा मास्क लगाउनुपर्दा यसको आवश्यकता नै नपरेको उनीहरूको भनाइ छ। लकडाउनयता कस्मेटिक पसलहरूमा लिपिस्टिकको व्यापार ठप्प जस्तै बनेको छ।

काठमाडौंको असनमा कस्मेटिक सामानको होलसेल व्यापार गर्दै आएका विजय अग्रवालले लकडाउन शुरू भएसँगैं लिपिस्टिकको व्यापार बन्द रहेको बताए।

“लकडाउनको समयमा त होलसेल पुरै बन्द थियो। लकडाउन खुकुलो भएपछि पनि अरू सामानहरू गइरहेकै छ। लिपिस्टिकको भने व्यापार भइरहेको छैन,” उनले भने, “सबैको मुखमा मास्क हुन्छ। अहिले लिपिस्टिकको आवश्यकता नै पर्दैन, त्यसैले यसको व्यापार शून्य जस्तै छ।”

असनस्थित ‘दी सप ब्यूटी पार्लर तथा कस्मेटिक’की सञ्चालिका रिया श्रेष्ठ पसल खुले पनि व्यापार न्यून भएको बताउँछिन्। लिपिस्टिकको व्यापार त झन् ठप्प छ। “अहिले कस्मेटिकको व्यापार त्यति राम्रो छैन। मास्क लगाएपछि लिपिस्टिक किन लाउँछन् त!,” उनले भनिन्।

असनमै कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रविना सुनारले अहिले मुखमा मास्क लगाउनुपर्दा लिपिस्टिकको व्यापार नभएको बताइन्। “ग्राहकहरू आउँछन्। अरू सामान लगे पनि लिपिस्टिक लग्दैनन्,” सुनारले भनिन्।

अमेरिकी कम्पनीकाे नयाँ जुक्ति

मुखमा मास्क लगाउँदा लिपिस्टिकको व्यापार नेपालमा मात्र नभएर संसारभर नै गिरावट आएको हो। लिपिस्टिक निर्माता कम्पनीले यसलाई मध्यनजर गर्दै नयाँ-नयाँ आइडिया लगाउन थालेका छन्।

अमेरिकाको एक कम्पनीले पारदर्शी मास्क निर्माण गर्न लागेको छ। लिपिस्टिकको व्यापारमा मन्दी आएपछि अमेरिकाको लिफ डट डेल्थ केयर नामक कम्पनीले पारदर्शी मास्क उत्पादन गर्न थालेको हो।

मास्कका कारण ओठमा लगाएको लिपिस्टिक तथा अनुहार हाउभाउ नदेखिने भएपछि यो अवधारणा ल्याएको कम्पनीले जनाएको छ।

याे पनि पढ्नुहाेस्:

ओठमा लगाएको लिपिस्टिक देखिएन? बन्यो अनुहार देखिने मास्क

" /> काठमाडौं। समिरा श्रेष्ठ मेकअपमा खुब ध्यान दिन्छिन्। पहिरनदेखि मेकअपसम्म उनको रोजाइमा पर्छ।

"> मास्कका कारण लिपिस्टिकको व्यापार चौपट, लगाउन थाले जुक्ति : Dekhapadhi
मास्कका कारण लिपिस्टिकको व्यापार चौपट, लगाउन थाले जुक्ति

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्