व्यापारी र सञ्चालकबीच सहमतिपछि खुल्यो सिभिल मल, ग्राहकलाई ६० प्रतिशत छुट

काठमाडौं। काठमाडौंस्थित सिभिल मलका आन्दोलनरत व्यापारी र मल सञ्चालकबीच सहमति भएको छ। लकडाउन समयको पूर्ण भाडा छुट गराउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका व्यापारी र सञ्चालक बीच सहमतिपछि सिभिल मल आजदेखि खुलेको छ।

सिभिल मल व्यापारी संघले आज पत्रकार सम्मेलन गर्दै सञ्चालकसँग कुरा मिलेको जानकारी दियो।

४ महिनाको (लकडाउन अवधिको) घरभाडामा ५० प्रतिशत छुट दिने निर्णय भएको छ। अर्थात व्यापारीले चैतदेखि असारसम्मको भाडामा ५० प्रतिशत छुट पाउने छन्।

त्यस्तै, साउन, भदौ र असोज महिनामा समेत ४० प्रतिशत छुट पाउने भएका छन्।

यसैगरी सिभिल मलका पसलहरूमा ग्राहकका लागि बम्पर छुट अफर गरिएको छ। पसल सञ्चालकहरूका अनुसार सिभिल मलमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ। कोरोनाका कारणले घटेको व्यापार बढाउन अधिकतम छुटको व्यवस्था गरिएको हो।

प्रतिक्रिया दिनुहोस्