काठमाडौं। नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकमअनुसार प्रयोग गर्न सकिने समयावधि थप्ने भएको छ।
यसका साथै ती सिमकार्डमा विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिने व्यवस्था लागू भइसकेको छ।
प्रिपेड सिमकार्ड
कम्पनीले उपलब्ध गराउने नयाँ प्रिपेड सिमकार्ड प्राप्त भएपछि सेवा सुरू गर्न सिम एक्टिभेट गर्नुपर्छ।
नयाँ सिमको सेवा प्रयोग गर्न सकिने अवधि १८० दिन हुने भएकाले सिम एक्टिभ गरेपछि सो अवधिसम्म टपअप नगरे पनि सिमकार्ड प्रयोग गर्न सकिन्छ।
प्रिपेड सिमकार्डमा ५० रूपैयाँ टपअप गर्दा ३० दिन, १०० टपअप गर्दा ६० दिन, ५०० टपअप गर्दा एक वर्ष र एक हजार टपअप गर्दा दुई वर्षसम्म सिमकार्ड प्रयोग गर्न सकिन्छ।
न्यूनतम रकम (अर्थात् एक पैसा पनि बाँकी) नभएको वा सिम प्रयोग अवधि समाप्त भएको अवस्थामा प्रिपेड सिमकार्ड तत्काल एकतर्फी (आगमन मात्र हुने, बाह्यगमन नहुने) हुन्छ।
सेवा एकतर्फी मात्र भएको ३० दिनभित्र उक्त सिमकार्ड टपअप गरिएन भने दुईतर्फी (आगमन र बाह्यगमन) सेवा पूरै बन्द हुन्छ।
दुईतर्फी सेवा बन्द भएको ३० दिनभित्र रिचार्ज नभएमा सिम फ्रोजन अवस्थामा पुग्ने टेलिकमले बताएको छ।
फ्रोजन अवस्थामा पुगेपछि उक्त सिममा रहेको सञ्चित रकम र सिम प्रयोग गर्ने अवधि दुवै शून्य हुन्छ।
कुनै सिमकार्डमा सञ्चित रकम भए तापनि सिम प्रयोग गर्न सकिने अवधि समाप्त भएमा उक्त सिमकार्ड दुईतर्फी सेवा बन्द हुने अवस्थामा पुग्छ।
यसरी दुईतर्फी सेवा बन्द भएको सिमकार्ड ३० दिनभित्र टपअप गरिएमा टपअप गरिएको रकममा पुरानो सञ्चित रकम जोडिएर आउँछ।
तर, सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ टपअप गरिएको रकमअनुसार मात्र थप हुन्छ।
कुनै सिम कार्ड फ्रोजनमा गएपछि कम्पनीले आवश्यकताअनुसार कुनै पनि समयमा रिसाइकल गरी नयाँ ग्राहकलाई उपलब्ध गराउन सक्दछ।
पोस्टपेड सिमकार्ड
सेवा प्रयोग गरेबापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकम उक्त मोबाइलको क्रेडिट लिमिटभन्दा बढी भएमा सेवा एकतर्फी (आगमन मात्र हुने, बाह्यागमन नहुने) हुन्छ।
यस्तो एकतर्फी सेवा ९० दिनसम्म रहन सक्दछ र सिम एकतर्फी भएको अर्को महिनादेखि बिल उठ्दैन।
९० दिनसम्म पनि बाँकी रकम भुक्तानी गरिएन भने दुईतर्फी (आगमन र बाह्यागमन) सेवा बन्द हुन्छ र सिम फ्रोजनमा जान्छ।
फ्रोजनमा रहेको ९० दिनभित्रै सेवा सुरू गर्न बाँकी महशुल भुक्तानी गरी नजिकको दूरसञ्चार कार्यालयमा गई (वा फोन/इमेलमार्फत्) जानकारी गराउनुपर्छ। उक्त ९० दिनभित्र भुक्तानी नगरेमा सिम स्थायीरूपमा बन्द हुन्छ।
ग्राहकको सिम स्थायी अवस्थामा पुगेपछि ग्राहकले सोही सिम प्राप्त गरी प्रयोग गर्न चाहेमा १८० दिनभित्र ५६० रिकनेक्सन फी भुक्तानी गरी सोही सिम नम्बर प्राप्त गर्न सकिन्छ।
सिम स्थायीरूपमा बन्द भएको १८० दिन पश्चात कम्पनीले सिम रिसाइकल गर्न सक्ने भएकाले अन्य साधारण सिम सरह नै कुनै पनि ग्राहकलाई नियमानुसारको रकममा उक्त सिम बिक्री÷वितरण गर्न सक्छ।
विदेशबाट टपअप गरी सेवा प्रयोग गर्न सकिने अवधि थप गर्ने
विदेश जाँदासँगै लगेको टेलिकमको प्रिपेड र पोस्टपेड सिम अनलाइन बैंकिङ, भुक्तानी सेवा प्रदायक आदिमार्फत् विदेशबाटै टपअप गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सकिन्न।
यसरी अवधि थप गर्दै एक्टिभ अवस्थामा राखिएका सिमकार्ड स्वदेश आउँदा सहजरूपमा प्रयोगमा ल्याउन सकिने टेलिकमले बताएको छ।
" /> काठमाडौं। नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड सेवाका सिमकार्डमा थप गरिएको रकमअनुसार प्रयोग गर्न सकिने समयावधि थप्ने भएको छ।यसका साथै ती सिमकार्डमा विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिने व्यवस्था लागू भइसकेको छ।

">तर, सिम प्रयोग गर्न सकिने अवधि भने नयाँ टपअप गरिएको रकमअनुसार मात्र थप हुन्छ।