काठमाडौं। रेल विभागले हालै आह्वान गरेको ‘रेलवे-ट्रयाक’ निर्माणसम्बन्धी कार्यको बोलपत्रको छनाेट प्रक्रिया नै त्रुटिपूर्ण रहेको भन्दै यसलाई यथाशीघ्र संशोधन गर्न सडक निर्माणसँग सम्बन्धित विभिन्न १४ वटा निर्माण कम्पनीहरूले माग गरेका छन्।
कान्छाराम कन्स्ट्रक्सन कम्पनी, बज्रगुरु कन्स्ट्रक्सन, रायमाझी कन्स्ट्रक्सन, अमर कन्स्ट्रक्सन, याकथुम्हाङ कन्स्ट्रक्सन, थोदोङ्ग कन्स्ट्रक्सन, हिम सगरमाथा कन्स्ट्रक्सन, महालक्ष्मी कन्स्ट्रक्सन, सपना कन्स्ट्रक्सन, गौरी पार्वती कन्स्ट्रक्सन, भूमि ईन्फ्रास्ट्रक्चर, वर्ल्ड वाइड कन्स्ट्रक्सन, आजाद कन्स्ट्रक्सन र किराँतेश्वर कन्स्ट्रक्सनले आज काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै बोलपत्र सच्याउन माग गरेका हुन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयलाई आफूहरूले यसअघि नै यस सम्बन्धमा स्पष्ट पारिदिन आग्रह गरिसकेको तर उक्त कार्यालयले अहिलेसम्म कुनै सुनुवाइ नगरेको पनि उनीहरूको गुनासो छ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कान्छाराम कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक पूर्णबहादुर तामाङले यसमा ठूलो चलखेल भएको आरोप लगाए।
उनले आफूहरू कोही पनि व्यवसायीहरू सुरक्षित नभएको भन्दै सुरक्षाको प्रत्याभूति गर्न सरकारसमक्ष माग समेत गरे।
हिम सगरथामा कन्स्ट्रक्सन प्रा.लि.का प्रबन्ध निर्देशक सूर्यप्रसाद तिमिल्सिनाले सडकको प्रमाणपत्रलाई मान्ने हो भने सडककै ईनबैंकमेन्ट फिलिङलाई पनि मान्यता दिनुपर्ने माग गरे।
उनले भने, “यसअघिका दुईपटकका ठेक्कामा यसलाई मान्यता दिइएको थियो। यदि रेलवेकै ट्रयाक ईनबैंकमेन्टको कामलाई मान्यता दिने हो भने माथि उस्तै प्रकृतिको कार्य पनि रेलवै ट्रयाकै हुनुपर्छ। यसरी विरोधाभाष हुनुभएन।”
रायमाझी कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक भरतजंग रायमाझीले सीमित कम्पनीलाई मात्रै हुने गरी बोलपत्र आह्वान गरिएको आरोप लगाउँदै त्रुटिहरू तत्काल सच्याउन माग गरे।
" /> काठमाडौं। रेल विभागले हालै आह्वान गरेको ‘रेलवे-ट्रयाक’ निर्माणसम्बन्धी कार्यको बोलपत्रको छनाेट प्रक्रिया नै त्रुटिपूर्ण रहेको भन्दै यसलाई यथाशीघ्र संशोधन गर्न सडक निर्माणसँग सम्बन्धित विभिन्न १४ वटा निर्माण कम्पनीहरूले माग गरेका छन्।कान्छाराम कन्स्ट्रक्सन कम्पनी, बज्रगुरु कन्स्ट्रक्सन, रायमाझी कन्स्ट्रक्सन, अमर कन्स्ट्रक्सन, याकथुम्हाङ कन्स्ट्रक्सन, थोदोङ्ग कन्स्ट्रक्सन, हिम सगरमाथा कन्स्ट्रक्सन, महालक्ष्मी कन्स्ट्रक्सन, सपना कन्स्ट्रक्सन, गौरी पार्वती कन्स्ट्रक्सन, भूमि ईन्फ्रास्ट्रक्चर, वर्ल्ड वाइड कन्स्ट्रक्सन, आजाद कन्स्ट्रक्सन र किराँतेश्वर कन्स्ट्रक्सनले आज काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै बोलपत्र सच्याउन माग गरेका हुन्।

">