इलाम। अधिकारका लागि लड्न श्रमिक एकजुट हुन आवश्यक हो तर, चिया क्षेत्रका श्रमिक भने अझै सङ्गठित हुन सकेका छैनन्। अधिकांश श्रमिक सङ्गठित नहुनुको कारण आफ्नै उद्योग हो।
श्रमिक सङ्गठित हुँदा तोकिएको ज्याला दिनुपर्ने, सेवासुविधा बढाउनु पर्ने लगायतका ‘हैरान’ खेप्नुपर्ने भएकाले श्रमिकलाई उद्योगीले एकताबद्ध हुन नदिने श्रमिकको गुनासो छ।
श्रमिकका हक हितका लागि श्रम सङ्घ/सङ्गठन कार्यरत छन्। उद्योगीले अहिले आबद्ध हुनै नदिने गरेको अखिल नेपाल ट्रेड युनियन महासङ्घ इलामका अध्यक्ष उमेश रेग्मी बताउँछन्।
आफूहरू सङ्गठन विस्तार गर्न उद्योगमा जाँदा उद्योगीले ‘पार्टीगत स्वार्थ लुट्न आएको’ आरोप लगाउने कारण सङ्गठन विस्तार गर्न गाह्रो परेको उनले भने ।
“हामी पार्टीकै राजनीति सिकाउन खोजे झै गर्छन् । त्यही भएर एकताबद्ध हुन सकेनौँ ”, उनले भने, “श्रमिक त सङ्गठनमा आउन चाहनुहुन्छ तर, उद्योगकै डरले सङ्गठित हुन सक्नुहुन्न ।”
आर्थिक स्थिति कमजोर भएकाले श्रमिकले उद्योग छाडेर अर्कातिर काम गर्न सक्दैनन् भने एकताबद्ध नहुँदा उद्योगविरुद्ध आवाज उठाउन पनि सक्दैनन्।
‘कम सेवासुविधामा काम लाउन बाध्य’ बनाउने उद्योगीले तोकिएको ज्याला त दिँदैनन् नै सोध्न जाँदा श्रमिककै सङ्ख्या लुकाइदिन्छन् । उद्योगमा कार्यरत श्रमिकका बारेमा सोध्दा अधिकांश उद्योगले ‘साह्रै कम्ती’ श्रमिक मात्र देखाउने गरेका छन्।
चिया क्षेत्रमा स्थायी, अस्थायी र मौसमी श्रमिक रहने गर्दछन्। तर, उद्योगले श्रमिकलाई सेवासुविधा दिनुपर्ने भएकाले स्थायी श्रमिकलाई मात्र देखाउने गरेका छन्।
“उद्योगमा काम गर्ने श्रमिक २० वर्षभन्दा माथि काम गर्ने पनि हुनुहुन्छ तर, स्थायी नबनाएकाले कहिल्यै नाम आउँदैन”, अध्यक्ष रेग्मीले भने।
लामो समय उद्योगमै काम गरे पनि स्थायी हुन नसक्दा धेरै श्रमिक उद्योगले दिएको पारिश्रमिकमै पनि काम गर्न बाध्य रहेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका अध्यक्ष रमेश खड्का बताउँछन्। रासस